साजनको हत्यामा संलग्न थप दुई पक्राउ

सुरुङ्गा, झापा, ४ वैशाख । बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–५ निवासी २१ वर्षीय मामा भान्जा भनिने सुरज चौधरी र बिर्तामोड–३ का २२ वर्षीय राहुल भनिने राजेश साह रहेका छन् । उनीहरुलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई […]

भिरबाट लडेर एकको मृत्यु

भोजपुर, ४ वैशाख । भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ तिम्मामा भिरबाट लडेर एकजनाको ज्यान गएको छ । सोही वडाको खम्बुखाका ४७ वर्षीय स्थानीयबासी महेन्द्रबहादुर तामाङको भिरबाट लडेर ज्यान गएको हो । नयाँ वर्षको लागि हाँसपोखरी मेलामा गएका तामाङको मादक पदार्थ सेवन गरी घर फर्कनेक्रममा आइतबार मयुँखर्क सामुदायिक वनको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनास्थल […]

एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी

काठमाडौँ, ४ वैशाख  पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्ष्रुलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् । एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने […]

झोला वनाउने तालिम सम्पन्न

प्रशान्त निरौला लेटाङ ४ वैशाख । “सिप सिकौ आत्मनिर्भर वनौ ।” भन्ने नारा सहित पिछडा वर्ग महासंघ लेटाङले ५ दिने निःशुल्क सपिङ झोला निर्माण सम्वन्धी तालिम सम्पन्न गरेको छ । लेटाङ नगरपालिका ३ मा भएको तालिम २०७४ साल चैत २७ देखी सुरु भएको थियो । तालिममा २० महिलाहरुले झोला वनाउन सिकेका छन् । ७ रुपैयामा […]

महले सबै भाँडा भरिए, मह बेच्न बजारको खोजी

—गोपालप्रसाद पोखरेल पथरी, मोरङ, ४ वैशाख  । मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् । आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्पादन बढेका कारण मह बेच्ने ठाउँ नहँुदा समस्या भएको हो […]

जात्री पर्व सामूहिक पूजा गरी शुरु

लेटाङ २ वैशाख । प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको मौलिक पर्व जात्री पर्व आजबाट शुरु भएको छ । वैशाख २ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाउँछन् । नयाँ वर्षको आगमनसँगै शुरु हुने यो जात्री पर्व शुरु हुने गर्छ । नेपालका आदिवासी धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर […]

ढाका बुनरे भविष्य चम्काउँदै निर्मला

उर्लाबारी २ वैशाख । स्वदेश मै लगनशील भएर लघु उद्यम गर्ने हो भने पैसा कमाउन न बिदेश जानु पर्छ न जागिर नै खानुपर्छ । हातमा सीप भए स्वदेश मै नाम र दाम कमाउन सकिने गतिलो उदाहरण बन्नु भएको छ , मोरङ उर्लाबारी ७ की निर्मला चौहान । दुई दशक अघि ढाका कपडा बुन्ने तालिम लिनु […]

सरकारी विद्यालयसँग बोर्डिङ ‘मर्ज’

 दुर्गा आधारभूत विद्यालय उदाहरणीय बन्दै हसन्दह २ वैशाख । । देशैभर सामूदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बेला मोरङको पथरीशनिश्चरे ६ केचनास्थित दुर्गा आधारभूत विद्यालय स्थानीय क्याम्ब्रिज वोर्डिङ ‘मर्ज’ भएको छ । विद्यालयले २०७४ देखि अंग्रेजी माध्यममा अध्यापन गराउन थालेपछि गत वर्ष नै वोर्डिङमा बिद्यार्थीको अभाव भएको थियो । वोर्डिङमा विद्यार्थी अभाव भएपछि वोर्डिङ सञ्चालक विशाल […]

बेलबारीमा पिकअप दुर्घटना, १३ जना घाइते

मोरङ, २ बैशाख । मोरङको बेलबारी नगेरपालिका ३ मा आइतबार पिकअप दुर्घटना भएको छ। दुर्घटनामा परी १३ जना यात्री घाइते भएका छन। घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको सामुदायिक अस्पताल वेलबारीमा उपचार भई रहेको छ। घाइतेहुनेमा मोरङ बिराटनगर महानगरपालिका ५ बस्ने ४८ वर्षकी यशोधा निरौला, उनकी छोरा वर्ष १२ का रविन निरौला, मोरङ बेलबारी नगरपालिका ४ […]

दातृनिकायका प्रतिनिधीहरु संग लेटाङ नगरको अन्तरक्रिया

लेटाङ २९ चैत । लघु उद्यम विकास कार्यक्रमको वारेमा दातृ निकायका प्रतिनिधीहरु संग लेटाङ नगगरपालिकाले नगरपालिकाको सभाहलमा छलफल तथा अन्तक्रिया गरेको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको सभापतित्वमा बुधवार भएको कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधी तथा विभिन्न दातृनिकाय प्रतिनीधिको उपस्थिती थियो । लघुउद्यम कार्यक्रमले के कस्ता प्रभाव पार्यो र लघुउद्यम कार्यक्रम वाट समुदायमा […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ