
काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को पहिलो दिन देशबासीका नाममा शुभकामना दिँदै कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं भन्ने कमना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको बताउँदे सन्देशमा भन्नुभयो, “हरेक दुःखका पलहरुमा हामीले तपाईँहरुको […]
काठमाडौँ, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७७ का उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उहाँले यस धर्तीमा आज कोरोनाभाइरसले एक […]
काठमाडौं, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विहान अर्थात नयाँ वर्ष २०७७ को पहिलो दिन विहान ८.०० बजे राष्ट्रिय गान गाउने, राष्ट्रिय धुन बजाउने तथा ताली बजाउने कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ । ग्लोबल कम्प्याक्ट नेपालले देश संकटको घडीबाट गुज्रिरहेको बेला अग्रपंक्तिमा रही सेवामा खटिने चिकित्सक, नर्स अत्यावश्यक सेवा प्रदायक कर्मचारी, ढुवानी […]
एकराज पाठक काठमाडौँ, चैत २९ गते । कोरोना भाइरस ‘कोभिड १९’ का कारण अर्थतन्त्र कमजोर हुँदै गएपछि अहिले नै विश्वका कैयौँ कम्पनीले कर्मचारी व्यापक कटौतीका सूचना दिइरहेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन, आइएलओले शुक्रबार कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा रहेको बताएको छ । उसको प्रतिवेदनअुनसार यीमध्येका धेरै मानिस भोलि […]
काठमाडौँ, २९ चैत । स्थानीय वायुको प्रभावले आज साँझपख देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय भएकाले मौसमी गतिविधि बढेको मौसमविद् राजु प्रधानाङ्गले बताउन्ुभयो । उहाँका अनुसार यस प्रणालीको प्रभावले आज उपत्यकासहित देशको धेरै स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना […]
काठमाडौँ, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लक डाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न […]
लेटाङ २६ चैत । कोरोनाको कहर बढिरहेको यो जटिल परिस्थितिमा लेटाङ ८ का वडा अध्यक्ष भिम प्रसाद पाेख्रेलले १३ जना विरामीहरुलाई डाक्टरको प्रीस्किप्सन अनुसारका औषधी खरिद गरि निशुल्क रुपमा घरघर पुर्याईरहनुभएकाे छ । लकडाउनको समय नसकिन्जेल निशुल्क औषधी खरिद गरेर आफ्ना वडाका जनतालाई घरघरमा पुर्याउने जानकारी दिनुभएकाे छ । कतिपय औषधी खरिदका लागि धरान , […]
लेटाङ, २५ चैत । कोभिड १९ को प्रकोप फैलिएर विश्व नै आतंकित भईरहेको सन्दर्भमा लेटाङ नगरपालिकाले स्थापना गरेको विपद ब्यवस्थापनका लागि प्याब्सन नगर कार्यसमिति लेटाङले १२ सय ५० केजी चामल सहयोग गरेको छ । नगरपालिकाले स्थापना गरेको विपद ब्यवस्थापन नगर स्तरि राहत कोषमा सिडिएफ लेटाङले १० हजार तथा जनकल्याण साकोषले ५ हजार रुपैया सहयोग गरेको […]
लेटाङ २५ चैत । लेटाङका नौ वटै वडामा आज वाट राहत वितरणको कार्य सूरु भएको छ । कोभिड १९ को संक्रमण विश्वभर फैलिईरहेको सन्दर्भमा हाल नेपाल समेत लकडाउनमा रहेको छ । लकडाउनका कारण असाहाय , अपांगता भएका ब्यक्तिहरु तथा दैनिक ज्यालादारी काम गरेर आफ्नो पेट भर्ने परिवारहरुलाई खाद्यान्नको अभावमा भोकै बस्नु नपरोस भनेर लेटाङ नगरपालिकाले […]
लेटाङ, २५ चैत । लेटाङ १ मा आज वाट खाद्यान्न वितरण सुरु भएको छ । लेटाङ १ मा १२० परिवारलाई पहिलो चरण राहत दिईने र छुटेका करिव ५० परिवार सहित १७० विपन्न परिवारलाई राहत दिन आवश्यक रहेकाले वडा कार्यालयद्धारा सोही अनुसारको तयारी गरिरहेको अध्यक्ष विष्णुकुमार मगरले जानकारी दिनुभयो । लेटाङका सवै वडामा आज विहानै देखि […]