भुमि सम्बन्धी समस्या समाधान गर्न लेटाङमा आयोगको छलफल

Letang Khabar आइतबार, साउन ११, २०७७

लेटाङ, ११ साउन । भुमि सम्बन्धी समस्या समाधान आयोगले लेटाङमा रहेका सुकुम्वासी, भुमिहिनका समस्या समाधानका विषयमा छलफल गरेको छ ।

लेटाङ नगरपालिकामा ४ हजार ४ सय पैतालिस भुमिहिन ,सुकुम्बासी तथा अव्यवस्थित वसोवास गर्ने परिवारको अनुमानित तथ्याङ छ ।

यसलाई व्यवस्थित गर्नका लागि आयोगका अध्यक्ष देवि ज्ञावली सहितको टोलीले लेटाङ नगरपालिकाका पदाधिकारी संग छलफल गरेको हो ।
छलफलका क्रममा आयोग अध्यक्ष ज्ञावलीले लेटाङको भुमि सम्वन्धी समस्यालाई व्यवस्थित गर्न आयोग गम्भिर रहेको वताउनुभएको छ । पहिलो चरणमा लेटाङको समस्या समाधान गर्ने मनसाय आयोगको भएकाले आवश्यक पुर्व तयारी गर्नुपर्नेमा जोड दिनुभयो । आयोगले एउटा मापदण्ड वनाईरहेको र सोहि वमोजिम भुमिहिन तथा अब्यवस्थित वसोवास गर्नेहरु पहिचान गरिने जानकारी दिनुभयो । आयोगलाई असफल वनाउन केही तत्व लागिरहेको वताउनदै अध्यक्ष ज्ञावलीले यसवाट आफु विचलित नभई काम अघि बढाईरहेको स्पस्ट पार्नुभयो ।

लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले लेटाङक ९ वटै वडाहरुमा भुमि सम्बन्धी समस्या रहेकाले नगरपालिकाको तर्फवाट गर्नुपर्ने आवश्यक जस्तोसुकै प्रक्रिया पुरा गर्न आफुहरु तयार रहेको र यस समस्यालाई समाधान गर्न आफुहरु दृढ भएका लागिरहेको बताउनुभयो ।

लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रसासकीय अधिकृत अच्युतप्रसाद दाहाल, वडा अध्यक्षहरु तेजप्रसााद तिम्सिना र सन्तोष कार्कीको टोलीलाई आयोगका अध्यक्ष ज्ञावली, सदस्यहरु जगत गौतम र भिम कार्कीको टोलीले लेटाङको भुमिका समस्या सम्बन्धी छलफल गरेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ