क्वारेन्टाईनवाट १४ जना घर फिर्ता

Letang Khabar आइतबार, आषाढ २१, २०७७

लेटाङ, २० असार। लेटाङ नगरपालिकाले वनाएको क्वारेन्टाईनमा रहेकाहरु मध्ये १४ जनालाई आज घर पठाईएको छ । विदेशवाट आएकाहरु लेटाङको क्वारेन्टाईनमा १४ दिन अघि देखि वसिरिहेका थिए ।

छिमेकी भारत लगायत वोमन , दुवई , कतार वाट आएर लेटाङ नगरपालिकाको क्वारेन्टाईनमा बसेका उनिहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आज नगरप्रमुख शंकर राई, ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख अशोककुमार जवेगु लगायत नगरपालिकाको टिमले विदाई गरेको हो ।

लेटाङ नगरपालिकाको क्वारेन्टाईनमा वसेकाहरु मध्ये केही समय अघि २ जनालाई कोभिड पोजेटिभ देखिएको थियो । उनिहरुलाई गोठगाँउ अस्पतालमा उपचार गरि निको भएर घर पठाईसकिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

हालसम्म लेटाङको क्वारेन्टाईनमा एकसय दुईजना बसिसकेका छन् भने हाल पनि २३ जना क्वारेन्टाईमै रहेका छन् । उनिहरुको समेत केही दिनमा पिसिआर गरिनेछ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ