नगर प्रमुखद्वारा धान दिवको शुभकामना

Letang Khabar सोमबार, आषाढ १५, २०७७

लेटाङ(मोरङ), १५ असार । मोरङको लेटाङ नगरपालिकाका नगर प्रमुख शंंकर राईले १७ औं राष्ट्रिय धान दिवस एवं असार १५ को अवसरमा शुभकामना दिनु भएको छ ।
नगरवासीका नाममा शुभकामना दिँदै कोरोना भाइरसको महामारीले थलिएको मुलुकको अर्थतन्त्रलाई उठाउन कृषि उत्पादन र पशुपालन पहिलो विकल्प भएको बताउनु भएको छ ।

परम्परागत रुपमा हुने खेतीले निर्वाहा मात्र हुँदै आएकोले ब्यावसायिक खेती तर्फ लाग्न नगरबासीलाई आग्रह गर्नु भएको छ । ब्यावसायिक खेती र पशुपालनका लागि नगर किसानलाई साथ र सहयोग गर्न तयार रहेको बताउँदै खाद्यान्नको पर निर्भरता अन्त्य गर्ने मामिलामा धान दिवसले सार्थक परिमाण दिन सकोस भन्दै शुभकामना दिनु भएको छ ।
मानो खाएर मुरी उत्पादन गर्न खेतबारीमा काम गरिरहनु भएका सबै आमा ,बुबा, दाजु भाइ तथा दिदी बहिनीहरूमा धान दिवश र असार १५ ले आर्थिक रुपमा समृद्ध बनाउन सकोस , हार्दिक शुभकामना छ – नगर प्रमुख राईले भन्नुभएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ