काठमाडौँ, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लक डाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न […]
लेटाङ २६ चैत । कोरोनाको कहर बढिरहेको यो जटिल परिस्थितिमा लेटाङ ८ का वडा अध्यक्ष भिम प्रसाद पाेख्रेलले १३ जना विरामीहरुलाई डाक्टरको प्रीस्किप्सन अनुसारका औषधी खरिद गरि निशुल्क रुपमा घरघर पुर्याईरहनुभएकाे छ । लकडाउनको समय नसकिन्जेल निशुल्क औषधी खरिद गरेर आफ्ना वडाका जनतालाई घरघरमा पुर्याउने जानकारी दिनुभएकाे छ । कतिपय औषधी खरिदका लागि धरान , […]
लेटाङ, २५ चैत । कोभिड १९ को प्रकोप फैलिएर विश्व नै आतंकित भईरहेको सन्दर्भमा लेटाङ नगरपालिकाले स्थापना गरेको विपद ब्यवस्थापनका लागि प्याब्सन नगर कार्यसमिति लेटाङले १२ सय ५० केजी चामल सहयोग गरेको छ । नगरपालिकाले स्थापना गरेको विपद ब्यवस्थापन नगर स्तरि राहत कोषमा सिडिएफ लेटाङले १० हजार तथा जनकल्याण साकोषले ५ हजार रुपैया सहयोग गरेको […]
लेटाङ २५ चैत । लेटाङका नौ वटै वडामा आज वाट राहत वितरणको कार्य सूरु भएको छ । कोभिड १९ को संक्रमण विश्वभर फैलिईरहेको सन्दर्भमा हाल नेपाल समेत लकडाउनमा रहेको छ । लकडाउनका कारण असाहाय , अपांगता भएका ब्यक्तिहरु तथा दैनिक ज्यालादारी काम गरेर आफ्नो पेट भर्ने परिवारहरुलाई खाद्यान्नको अभावमा भोकै बस्नु नपरोस भनेर लेटाङ नगरपालिकाले […]
लेटाङ, २५ चैत । लेटाङ १ मा आज वाट खाद्यान्न वितरण सुरु भएको छ । लेटाङ १ मा १२० परिवारलाई पहिलो चरण राहत दिईने र छुटेका करिव ५० परिवार सहित १७० विपन्न परिवारलाई राहत दिन आवश्यक रहेकाले वडा कार्यालयद्धारा सोही अनुसारको तयारी गरिरहेको अध्यक्ष विष्णुकुमार मगरले जानकारी दिनुभयो । लेटाङका सवै वडामा आज विहानै देखि […]
डम्बर सिन्चिउरी लेटाङ, २५ चैत्र । विस्वव्यापि माहामारी को रुपमा वितण्डा मच्चाईरहेको भाईरस् कोभिड – १९ को कहरमा दुई हप्ता देखि लकडाउनमा परी दैनिक ज्याला मज्दुरी गरेर दुई छाक टारीरहेका परिवारलाई हाल बन्दको अवस्थामा नगरपालिकाले दिने भनिएको राहत लेटाङ्ग ९ जाँतेले नगरकै योजना बमोजिम आजबाट वितरण कार्य शुरु गरेको छ । विगत एकहप्ता अघि बाटै […]
लेटाङ, २५ चैत । लेटाङ नगरपालिकाका नगर प्रमुख शङ्कर राईले मुलुक नै सङ्कटको घडीमा रहेको अवस्थामा नगरबासीलाई भ्रममा पार्ने खालका सूचना सम्प्रेषण नगर्न आग्रह गर्नु भएको छ । मङ्गलबार नगर प्रमुख राईले यस्तो आग्रह गर्नु भएको हो । पुरै देश कोरोना भाइरस विरुद्ध जुधिरहेको वर्तमान अवस्थामा सबैलाई राजनीति भन्दा माथि उठेर काम गर्न उहाँले आह्वान […]
लेटाङ, २५ चैत । लेटाङ नगरपालिकाका ९ वटै वडामा आज बाट खाद्यान्न वितरण गरिने भएको छ । तथ्यांक संकलन भएका सबै जम्मा २१३५ परिवारले आज वाट राहत पाउने छन् । यस परिस्थितिमा कोभिड १९ को संक्रमणको जोखिम लाई ख्याल गर्दै सम्भव भए सम्मका अधिकतम सावधानीका उपायहरु अपनाई राहत लिनदिन सम्बन्धित सवैमा अनुरोध गर्नुभएको छ । […]
लेटाङ २४ चैत । लेटाङ नगरपालिका वडा नं. ८ ले २०७ घरलाई राहत वाँडेको छ । नगरउपप्रमुख कृष्णकुमारी निरौलाले राहत वितरणको प्रारम्भ गर्नुभएको थियो । वडा नं. ८ मा जम्मा २९२ घरधुरीलाई राहत वाडिदैछ । वाँकी रहेका ८५ घरलाई भोली वितरण गरिने वडा अध्यक्ष भिम पोख्रेलले जानकारी दिनुभयो । राहत वाँड्ने क्रममा कोरोनाको संक्रमणवाट वच्नका […]
लेटाङ, २४ चैत । मोरङको लेटाङमा दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आएका बिपन्न परिवारलाई राहत वितरणका लागि लेटाङ उद्योग बाणिज्य संघको नेतृत्वमा सहयोग प्रदान गरिएको छ । संघका अध्यक्ष खड्गबहादुर श्रेष्ठ (साने) का अनुसार ४ हजार ७ सय ५० केजी चामल र २ हजार २ सय ५० केजी नुन लेटाङ नगरपालिकालाई सहयोग गरिएको हो । […]