काठमाडौं, ५ वैशाख । नेपालमा शुक्रबार थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । त्यसमा उदयपुर जिल्लाका १२ जना पुरुष र चितवनमा एक ६३ वर्षीया महिला एक पुरूष गरी १४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले बताउनुभएको छ । उदयपुर जिल्लाका ३४, २९, २६, २८, २८, २८, २८, २२, […]
इश्वरचन्द्र झा काठमाडौं, ५ वैशाख । चीनले तीन प्रकारको खोपको प्रयोगशाला परीक्षणका लागि अनुमित दिएको छ । चिनियाँ विज्ञान तथा प्रविधि मन्त्रालयका एक अधिकारीले मंगलबार उक्त अनुमति दिइएको जनाएका छन् । विज्ञान तथा प्रविधि मन्त्रालयको सामाजिक विकास विभागका महानिर्देशक वु युआनबिनले मानव तन्तुमा पहिचान गरिएको (एडेनोभाइरस भेक्टर) खोपको विकास गरी प्रयोगशाला परीक्षणको पहिलोपटक अनुमति दिइएको […]
वासिङटन, ३ वैशाख । कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ । अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा कम्तीमा पनि २०२२ सम्म रहिरहने देखाएको हो । विश्वविद्यलायका स्टेफन किसलरले नेतृत्व गरेको टोलीले कोरोना भाइरसको […]
लेटाङ, ३ बैशाख । सानाकिसान कृषि सहकारी संस्था लेटाङ ८ जाँतेका अध्यक्ष डिल्ली प्रसाद बिमलिको ५६ बर्षको उमेरमा निधन भएको छ । पेट सम्बन्धी रोग लागेर उपचार गरिरहेका बिमलिको आफ्नै घरमा आज बिहान निधन भएको पारिबारिक श्रोतले जनाएको छ । बिमली अपाङ संघ लेटाङका अध्यक्ष समेत हुनुहुन्थ्यो भने लेटाङ नगरपालिकाको मेलमिलापकर्ता समेत हुनुहुन्थ्यो । बिमली […]
काठमाडौं,२ बैशाख । सरकारले लक डाउनको अवधि वैशाख १५ गतेसम्मका लागि लम्ब्याएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाभाइरस संक्रमणको रोकथामका लागि लकडाउन बढाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमा नाका वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा मन्त्रिपरिषद् […]
काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को पहिलो दिन देशबासीका नाममा शुभकामना दिँदै कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं भन्ने कमना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको बताउँदे सन्देशमा भन्नुभयो, “हरेक दुःखका पलहरुमा हामीले तपाईँहरुको […]
काठमाडौँ, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७७ का उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उहाँले यस धर्तीमा आज कोरोनाभाइरसले एक […]
काठमाडौं, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विहान अर्थात नयाँ वर्ष २०७७ को पहिलो दिन विहान ८.०० बजे राष्ट्रिय गान गाउने, राष्ट्रिय धुन बजाउने तथा ताली बजाउने कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ । ग्लोबल कम्प्याक्ट नेपालले देश संकटको घडीबाट गुज्रिरहेको बेला अग्रपंक्तिमा रही सेवामा खटिने चिकित्सक, नर्स अत्यावश्यक सेवा प्रदायक कर्मचारी, ढुवानी […]
एकराज पाठक काठमाडौँ, चैत २९ गते । कोरोना भाइरस ‘कोभिड १९’ का कारण अर्थतन्त्र कमजोर हुँदै गएपछि अहिले नै विश्वका कैयौँ कम्पनीले कर्मचारी व्यापक कटौतीका सूचना दिइरहेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन, आइएलओले शुक्रबार कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा रहेको बताएको छ । उसको प्रतिवेदनअुनसार यीमध्येका धेरै मानिस भोलि […]
काठमाडौँ, २९ चैत । स्थानीय वायुको प्रभावले आज साँझपख देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय भएकाले मौसमी गतिविधि बढेको मौसमविद् राजु प्रधानाङ्गले बताउन्ुभयो । उहाँका अनुसार यस प्रणालीको प्रभावले आज उपत्यकासहित देशको धेरै स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना […]