कर्मचारी युनियनको स्थापना दिवश मनाईयो

Letang Khabar शुक्रबार, भाद्र १९, २०७७

लेटाङ , १९ भदौ । नेपाल निजामति कर्मचारी युनियन संघले स्थापना दिवश मनाएको छ ।

संघको १९ औ स्थापना दिवशको अवशरमा आज लेटाङ नगरपालिकामा रहेका कर्मचारीहरुले दिवश मनाएका हुन् ।  बृहत रुपमा कार्यक्रम गर्ने योजना रहेतापनि कोरोनाको कारण सामान्य कार्यक्रम गरिएको बताईएको छ । कार्यक्रममा ईलाका प्रहरी कार्यालय लेटाङलाई माक्स र सेनिटाईजर सहयोग गएिको थियो । स्थापना दिवशको अवशरमा दिनरात सुरक्षामा खटिने प्रहरीलाई २ हजार मास्क र १० लिटर सेनिटाईजर दिईएको युनियनका केन्द्रीय सदस्य सुशिल बाँस्तोलाले जानकारी दिनुभयो ।

कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाल, शिक्षा शाखा प्रमुख उपसचिव कृष्णराज राई , नेपाल निजामति कर्मचारी युनियन (संघ)का केन्द्रीय सदस्य तथा लेखा अधिकृत शुसिल बाँस्तोला, वडा नं. ८ का अध्यक्ष भिम पोख्रेल लगायतले शुभकामना दिनुभएको थियो ।

 

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ