मल नपाउँदा किसान चिन्तित

Letang Khabar बिहिबार, भाद्र १८, २०७७

विराटनगर, १८ भदौ । वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन् । धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नु पर्नेमा उपलब्ध नहुँदा उनीहरु चिन्तित एवम् हतास देखिएका छन् ।

लेटाङमा रहेका बिभिन्न सहकारी संस्थाहरुले बिगत बर्षहरुमा मल बितरण गर्दै आएका थिए भने स्थानिय कृषि सामाग्री बिक्रि गर्ने पसलहरुमा सहज मल पाईन्थ्याे । याे बर्ष किसानहरुले मल नपाउदा धान तथा तरकारी बालीकाे उत्पादनमा ह्रास आएकाे छ भने मल आउने आशा गर्दा गर्दै किसानकाे निधार खुम्चिएकाे छ ।

विराटनगर–८ मा रहेको कदमाहा कृषि सहकारीले किसानलाई विगत एक हप्तादेखि मल उपलब्ध गराउने भनेपनि दिनभरी बस्दा पनि युरिया मल उपलब्ध नगराउँदा किसानले विराटनगर–धरान सडकका शिवमन्दिर चोकमा बुधबार सडक अवरुद्धसमेत गरेका थिए । धानबालीको उत्पादनबाट वर्षदिनको दैनिक घरखर्च एवम् पारिवार पालनपोषण गर्नुपर्नेमा अहिले मल नपाउँदा किसान हतास देखिएका छन् । सहकारीले दैनिकरुपमा बोलाउने तर मल उपलब्ध नगराई बेलुकीमा चर्को मूल्य लिई व्यापारीलाई कालोबजारीमा उपलब्ध गराउने गरेको किसानले आरोप लगाएका छन् ।

आफूहरु बिहान १० बजे आउने तर कार्यालय नखुल्ने, कर्मचारी उपलब्ध नहुने, फोन सम्पर्क नलाग्ने गरेको भन्दै किसानको अनुहारमा पीडा देखिन्छ । बुढीगंगा गाउँपालिका–४ का कृषक जगतबहादुर विष्टले धानको खेतीको बेलामा मल उपलब्ध नहुँदा दुःख लागेको बताउँदै लगातार पाँच दिनदेखि मल लिन आएको तर खाली हात फर्कनु परेकोमा हतास रुपमा बताउनुहुन्छ ।

यस्तै कर्सिया–३ का ब्रम्हदेव मण्डलले धानबालीलाई मल उपलब्ध नहुँदा बिग्री सकेको बताउँदै अब कसरी परिवारलाई वर्षदिन खुवाउने भनेर चिन्ता लाग्न थालेको गुनासो गर्नुभयो । बुढीगंगा गाउँपालिका कृषक गरुचरण यादवले चार दिन लगातार दिनभरी मल उपलब्ध हुन्छ भनेर आउने गरेको तर खाली हात जानु परिरहेको बताउँदै किसानलाई सहज हुने स्थानमा सरकारले मल उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।

सरकारले आधुनिक कृषिमा जोड दिएको भन्ने तर कृषकलाई आवश्यक हुँदा सहजरुपमा मल उपलब्ध नहुँदा उनीहरु दुखित भएका छन् । खेतमा धानवाली लागिरहेको अवस्थामा सहजरुपमा मल उपलब्ध नहुँदा यस वर्ष धानको उत्पादन घट्नेमा उनीहरु चिन्तित देखिन्छन् । सहकारीबाट मल लिनका विराटनगर, बुढीगंगा, धनपालथान, कटहरी लगातका गाउँपालिकाक्षेत्रबाट किसान विराटनगर–धरान सडकको शिवमन्दिर चोकको सहकारीको कार्यालय अगाडि ठूलो सङ्ख्याको रुपमा आउने गर्दछन् ।

मलकाे अभावमा किसानकाे बर्षदिनकाे मिहेनत पानीमा बगेर जाँदा समेत सरकार भने रमिते भएर बसिरहेकाे प्रति किसानहरु दुख ब्यक्त गर्दछन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ