वारङ्गीस्थित बराह मन्दिरमा आज हजारौँ भक्तजनको दर्शन, कार्तिक पूर्णिमामा विशेष मेला

प्रशान्त निराैला बुधबार, कार्तिक १९, २०८२

लेटाङ, (मोरङ) १९ कार्तिक । मोरङको लेटाङ नगरपालिका–७, वारङ्गीमा अवस्थित ऐतिहासिक तथा धार्मिक दृष्टिले अत्यन्त पवित्र बराह मन्दिरमा आज कार्तिक पूर्णिमाको अवसरमा हजारौँ भक्तजन दर्शनका लागि आएका छन्।

धरतीसँगै मानव सभ्यताको आरम्भकालमा स्थापित भएको विश्वास गरिने यो मन्दिरलाई नेपालकै पुरानो धार्मिक स्थलका रूपमा मानिन्छ। पुरातत्व कालदेखि नै यहाँ पूजा–अर्चना गर्ने भक्तजनहरूको मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

लेटाङ बजारबाट करिब १९ किलोमिटर दूरीमा रहेको वारङ्गी बजारको मन्दिर परिसरमा आज विशेष मेला लागेको छ। मन्दिर परिसरमा बिहानैदेखि पूजा–आरती, प्रसाद वितरण, व्रत तथा स्नानका कार्यक्रमहरू सुरु भएका छन्। कार्तिक पूर्णिमासँगै आज चतुर्मास व्रत समाप्ति, कार्तिक स्नान समाप्ति र गुरु नानक जयन्ती पनि एकैसाथ मनाइँदैछ।

मोरङ, झापा, सुनसरी, धनकुटा, पाँचथर, तेह्रथुम, केराबारी, लेटाङ, जाँते, लिम्बा, टाँडी, रमिते खोला र बुधवारेलगायत स्थानबाट भक्तजनहरूको बाक्लो भीड लागेको छ। दर्शनार्थीहरूले बराह मन्दिरमा दीप प्रज्वलन गरी पूजा–अर्चना गर्दै आ–आफ्नो चिताएको कुरा पूरा होस् भन्ने प्रार्थना गरेका छन्।

धार्मिक कार्यक्रमसँगै मेलामा यस वर्ष पनि विभिन्न सांस्कृतिक कार्यक्रम र रु १ लाख १ हजार १ सय ११ पुरस्कारसहितको अन्तरपालिका पुरुष तथा महिला भलिबल प्रतियोगिता समेत आयोजना गरिएको छ।

स्थानीय बासिन्दा र भक्तजनहरूको भनाइअनुसार बराह मन्दिरको मेला विगत धेरै वर्षदेखि निरन्तर लाग्दै आएको छ। यो मन्दिरलाई धर्तीकै पहिलो धार्मिक स्थलका रूपमा चिनिन्छ, जहाँ दर्शन गरेपछि मनले चिताएको सबै कुरा पूरा हुने विश्वास रहिआएको छ।

आजको मेलाले लेटाङ र आसपासका क्षेत्रको धार्मिक, सांस्कृतिक र आर्थिक गतिविधिमा नयाँ उत्साह थपेको छ।

२०८२

 

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ