७ दिनदेखि हराएकी अंशु गौतमको खोजीमा प्रहरी सक्रिय, शंकास्पद व्यक्तिहरूको छानबिन सुरु

प्रशान्त निराैला सोमबार, आश्विन २७, २०८२

लेटाङ २७ अशाेज ।  मोरङको लेटाङ–२ निवासी अंशु गौतम ७ दिनदेखि सम्पर्कविहीन रहेकी छिन्। परिवार, विद्यालय र स्थानीयवासीको पहलमा खोजी कार्य जारी रहेको छ भने प्रहरीले पनि अनुसन्धानलाई तीव्र पारेको जनाएको छ।

लेटाङका प्रहरी स्रोतका अनुसार हालसम्म बालिकाबारे ठ्याक्कै जानकारी प्राप्त नभए पनि केही शंकास्पद व्यक्तिहरूको बयान लिइँदैछ र आवश्यक अनुसन्धान भइरहेको छ। प्रहरीले सो क्षेत्रका सिसीटिभी फुटेज पनि संकलन गरी अनुसन्धानमा प्रयोग गर्न थालेको जनाएको छ।

यसअघि, बालिकाको विद्यालयका सहायक प्रधानाध्यापक देबराज सापकोटा र वडा नं. २ का वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाले भिडियो सन्देशमार्फत सबैलाई खोजीमा सहयोग गर्न अपिल गरेका थिए।

बालिकाका आमा–बुबा र हजुरआमाले समेत मिडिया कुराकानीमा आफ्नी छोरी हराएको पीडामा आँसु झार्दै “कामबाट फर्किँदा बाटैमा हात समाउन आउने छोरी आज कहाँ हराइ?” भन्दै भावुक प्रतिक्रिया दिएका छन्।

प्रहरीले अंशु गौतमको खोजीका लागि सबै नागरिकलाई सहयोग गर्न आग्रह गर्दै, कुनै पनि सुराकी वा जानकारी तुरुन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ