लेटाङ,१३ भदौ । लामो समयदेखि स्थानियवासीले प्रतीक्षा गरेको पेट्रोलियम पम्प अब लेटाङमा सञ्चालनमा आउने भएको छ । श्रेष्ठ ट्रेडर्सद्वारा सञ्चालित हुने सो पम्पको औपचारिक उद्घाटन आगामी भदौ १६ गते सोमबार दिउँसो १२ बजे गरिने तय भएको छ ।
पम्पका प्रोपाइटर खड्ग बहादुर श्रेष्ठका अनुसार लेटाङ क्षेत्रमा इन्धन आपूर्ति सहज बनाउनका लागि यो पम्प स्थापना गरिएको हो । यसअघि पेट्रोलियम पदार्थ लिन स्थानियले टाढासम्म धाउनुपर्ने बाध्यता रहेकोमा अब सो समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा विभिन्न स्थानीय निकायका प्रतिनिधि, व्यापारी तथा सामाजिक अगुवाहरुको उपस्थिति रहने जनाइएको छ ।