गजल

कुबेर पौडेल शनिबार, भाद्र २७, २०७७

बितृष्णा रिस र राग मार्न सक्थ्यौ तिमिले
शिखर चुमि बेदाना झार्न सक्थ्यौ तिमिले
आनन्द दया ममता सबै आखिर मारियो
मलाई सम्झी १ छाक बार्न सक्थ्यौ तिमिले

आहत भए तिमिले घुर्की धेरैनै लाउदा
बादल बनी शितल पार्न सक्थ्यौ तिमिले
भुलेर भुल आखिर गर्यौ किन र पछुतो
तेस्तै खुसी मलाई सार्न सक्थ्यौ तिमिले

चाहेको भए तिमिले कति हुनेथ्यो प्रेम ती
दया त पुग्यो ममता गर्न सक्थ्यौ तिमिले
बितृष्णा रिस र राग मार्न सक्थ्यौ तिमिले
शिखर चुमि बेदाना झार्न सक्थ्यौ तिमिले

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ