रास्वपा उमेदवारलाई सहकारी पीडितले दिए विद्यालयको बिल

इनेपालपत्र आइतबार, फाल्गुण १०, २०८२

काठमाडौं, १० फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको आरोप लगाउँदै सहकारी पिडीतले पोखरामा रास्वपा उमेदवारलाई विद्यालयको विल बुझाएका छन् ।

पोखरामा शनिबार आयोजित उम्मेद्वारसँगको संवाद कार्यक्रममा सूर्यदर्शन सहकारीका बचतकर्ता कृष्णप्रसाद जैसीले कास्की निर्वाचन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार बिना गुरुङलाई आफ्नो छोराको विद्यालयको बिल थमाउनु भएको हो ।

आफ्नो बचत हिनामिना हुँदा विद्यालयको विल तिर्न नसकेको भन्दै उहाँले रास्वपा उम्मेदवारलाई बिल बुझाएको जिकिर गर्नुभयो । जैसीले रास्वपा उमेदवार गुरुङ्गलाई विद्यालयको ८० हजार रुपैयाँको बिल दिनुभएको थियो ।

आफ्नो छोराले वार्षिक परीक्षा नै दिन नपाउने अवस्था रहेको जैसीको दावी थियो । उम्मेदवार गुरुङले भने पार्टी सभापति रवि लामिछानेलाई उक्त बिल बुझाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ