न्युस्माको उपचारमा १ लाख बढी सहयोग हस्तान्तरण

Letang Khabar सोमबार, कार्तिक १७, २०७७

लेटाङ १७ कार्तिक । न्युस्मा राई बचाऔ अभियानले आज १ लाख १ सय ११ रुपैया सहयोग बिरामिका बुवालाई हस्तान्तरण गरेको छ ।
आज लेटाङमा अभियान्ताहरुको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको अभियन्ता सन्जय राईले जानकारी दिनुभयो ।
उपचारमा असहज नहोस भनी प्रारम्भिक रुपमा उठेको रकम मध्ये उक्त रकम दिईएको र बाँकी रकम एकमुस्ट बनाएर हस्तान्तरण गरिने बताईएको छ ।
श्वास प्रश्वासमा समस्या भएर स्वास्थ्य अवस्था गम्भिर बनेपछी २ हप्ता अघि राईलाई उपचारका लागि बिराट नर्सिङहोम पुर्याईएको थियो ।
हाल राईको उपचार बिराट नर्सिङहोममा भइरहेको छ भने स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ