लेटाङ नगरप्रमुख द्धारा तिजको शुभकामना

Letang Khabar बिहिबार, भाद्र ०४, २०७७

लेटाङ, ४ भदौ । कोरोना भगाउने सर्बोतम उपाय भनेको घरमै बस्नु भएकाले घरमै रहेका आफ्ना परिवारका सदस्यहरु मात्र मिलेर हरितालिका तिज मनाउन लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले अनुरोध गर्नुभएको छ ।

हरितालिका तिजको अवशरमा शुभकामना दिदै नगरप्रमुख राईले नगरवासी तथा देशविदेशमा छरिएर रहेका नेपाली दिदीबहिनी, आमावुवा तथा दाजुभाईहरुमा सुस्वास्थ्य ,दिर्घायु अनि उतरोत्तर प्रगतिको कामना सहित यस्तो वताउनुभएको हो ।
विभिन्न देशहरुमा कोभिड १९ को भ्याक्सिन विकास भईरहेको र भ्याक्सिन परिक्षण सफलता पश्चात यो चाडैनै जनस्तरमा आउने आशा सहित

हाललाई कोभिड १९ को संक्रमण वाट बच्नका लागि अत्यावश्यक काम बाहेक घर भित्रै बस्नु रहेको साथै हिड्नै परे अनिवार्य मास्क प्रयोग गर्ने , वेलावेलामा हात धुने तथा भौतिक दुरी कायम गर्न जोड दिनुभयो ।

पार्वतीले शिवजी वरका रुपमा प्राप्त गरौं भनेर मनोकामना राखेर तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वाश रहिआएको छ । तिजको दिनमा शिव मन्दिर र शिवालयहरुमा दर्शनार्थीको विशेष भिड हुन्छ । लगभग तिजका दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्दछ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ