लेटाङमा मास्क वितरण

Letang Khabar सोमबार, साउन २६, २०७७

लेटाङ, २६ साउन । लेटाङ नगरपालिकाले जनचेतना जगाउने उदेश्यका साथ आज मास्क वितरण गरेको छ । लेटाङ नगरपालिकाको बजार क्षेत्रमा मास्क वितरण गरिएको हो ।

लेटाङमा कोभिड–१९ सम्बन्धी चेतनाको अभाव महसुस भएकाले जनचेतना जगाउने उदेश्य सहित मास्क वितरण गरिएको लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्ण कुमारी निरौलाले जानकारी दिनुभयो ।

मास्क लगाउनुनै कोरोना भाईरसको संक्रमणवाट बच्ने मुख्य उपाय भएकाले जनतामा मास्क लगाउनुपर्ने रहेछ भन्ने भावना विकास गर्न मास्क वितरण गरिएको लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहालले जानकारी दिनुभयो ।

नगरपालिका अगाडी वाट बाख्रा लाईन सम्म मास्क नलगाई हिडिरहेका , पसलमा समान खरिद गर्न आएका तथा ब्यापारीहरलाई समेत हात धुन तथा मास्क लगाउन अनुरोध गरिएको लेटाङ वडा नं। ३ का वडा अध्यक्ष देवराज चाम्लिङले बताउनुभयो ।

कार्यक्रममा लेटाङ नगरपालिकाका शिक्षा उपसचिव कृष्णराज राई, ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख अशोक कुमार जबेगु सहितको टोलीले मास्क वितरण गर्दै कोभिड(१९ सम्वन्धी चेतना जगाएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ