लेटाङमा फुड बैक संचालन हुँदै

Letang Khabar बुधबार, भाद्र १७, २०७७

लेटाङ १६ भदौ । “हुनेले दिएर जाँउ, नहुनेले लिएर” भन्ने नारा सहित लेटाङ नगरपालिकामा रहेका क्रियाशिल संस्थाहरुले फुड बैक संचालन गर्ने भएका छन ।
लेटाङ नगरपालिका वडा नं. ३ मा रहेको लोकतान्त्रिक चौक अगाडी लेटाङ कम्लेक्सको छेउमा उक्त बैकको स्थापना गरिएको उद्योग बाणिज्य संघ लेटाङका अध्यक्ष खड्ग श्रेष्ठ (साने) ले जानकारी दिनुभयो ।फुड बैकलाई लेटाङ नगरपालिकाका सबै वडामा संचालन गरिने बताईएको छ ।
कोभिड १९ को संक्रमणका कारण विगत ६ दिन देखि सिल छ भने समुदाय स्तरमै कोरोना संक्रमण देखिएको छ ।
यस्तो विसम परिस्थितिमा लेटाङका विपन्न परिवारले भोकै बस्नु नपरोस भन्ने उदेश्यले उद्योग बाणिज्य संघ लेटाङ, चारतारे युवा क्लव,लेटाङ जेसिस ,लेटाङ पुस्ताकालय लगायतका सामाजिक संघ संस्थाहरुको ब्यवस्थापनमा फुड बैक संचालन गर्न लागिएको हो ।
फुड बैंक लेटाङ नगरपालिकाको पछिल्लो निर्णय अनुसार २०७७।५।१९ सम्म नगर क्षेत्र सिल थप गरिएकाले लेटाङ नगरपालिकाको निर्णयलाई पालना गर्दै यहि मिति २०७७ भाद्र २० गते बिहान ९ः०० बजेदेखि लोकतान्त्रिक चौक (लेटाङ कम्प्लेक्स अगाडि) माक्स, सेनिटाईजर प्रयोग सहित सामाजिक दुरी कायम गर्दै पूर्ण सावधानीका साथ संचालन गरिने लेटाङ जेसिसका अध्यक्ष सुदेश वस्तीले जानकारी दिनुभयो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ