लेटाङमा १ सहित प्रदेश १ मा तीन हजार तीन सय संक्रमित, ३२ जनाको मृत्यु

Letang Khabar आइतबार, भाद्र १४, २०७७

विराटनगर। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३११ पुगेको छ । आइतबार थप ९५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ हजार ३११ पुगेको हो ।

मृत्यु हुनेको संख्या ३२ पुगेको छ । ती मध्ये ९ जना प्रदेश २ का बासिन्दा हुन । २३ जना प्रदेश १ का बासिन्दा हुन । पछिल्लो २४ घण्टामा धरान उपमहानगरपालिका– १७ मा दुईजना र मोरङको पथरी शनिश्चरे नगरपालिका २ मा एकजनाको मृत्यु भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना छन् । विराटनगरमा आज ४२ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार महिला र पुरुष २१–२१ को रिपोर्ट पोजेटिभ आएको हो । मोरङको लेटाङमा १ महिला, पथरीशनिश्चरे र रंगेलीमा १–१ पुरुषमा संक्रमण देखिएको छ ।
सुनसरीको दुहवीमा १४ पुरुष, ईटहरीमा ४ महिला ४ पुरुष, इनरुवामा १ महिला ५ पुरुष, धरानमा १ महिला ५ पुरुष, बर्जुमा २ र गढीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको कनकाईमा २ महिला ६ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, संखुवासभाको खाँदबारीमा १ पुरुष, स्थानीय तह नखुलेकी १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ९ जना डिस्चार्ज भएका छन् । उनीहरु सबै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन । यो सँगै कोरोना मुक्त हुनेको संख्या १ हजार ५३४ पुगेको छ । प्रदेश १ मा आज १ हजार १७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३२ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार हा सम्म ८७ हजार ५९८ जनाको पीसीआर परीक्षण भएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ