महिला फुटबलरहरु लेटाङमा सम्मानित

राजु गाैतम शनिबार, आषाढ २७, २०७७

लेटाङ (मोरङ), २६ असार । लेटाङ नगरपालिकाको सातौं नगर सभाका अवसरमा दुई जना महिला फुटबल खेलाडीहरु लेटाङ नगर राष्ट्रियरअन्तर्राष्ट्रिय खेलाडी पुरस्कार २०७६ बाट सम्मानित भएका छन् ।

लामो समय नेपाली राष्ट्रिय टिममा रहेर हालै सन्यास लिएकि नेपाल एपीएफ क्लबसँग आवद्ध लेटाङ  ६ कि मनमाया लिम्बू तथा राष्ट्रिय टोलीकि सदस्य तथा नेपाल आर्मी क्लबसँग आवद्ध लेटाङ -९ कि इन्दिरा राईलाई जनही नगद रु ५०,००० तथा कदरपत्रले सम्मान गरिएको हो ।

सम्मान बारे प्रस्ट पार्दै लेटाङ नगरपालिका प्रमुख शंकर राईले खेलकुदका माध्यमबाट नेपाल सँगै लेटाङको नाम समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन सफल भएको र खेलाडीलाई खेलकुदकै माध्यमबाट जीविकोपार्जन गर्न थप हौसला बढोस् भनि प्रोत्साहन गरिएको बताउनु भयो ।

आफ्नो नगरले आफूहरुलाई पहिचान गरि सम्मान गरेकोमा मनमायाले धन्यवाद व्यक्त गरिन । अर्की खेलाडी इन्दिरा राई नेपाल आर्मीमा दाङमा कार्यरत रहेका कारण उपस्थित हुन सकिनन् भने उनको सम्मान नगरमा सुरक्षित रहने जानकारी दिइएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ