एकहजार पशुपंक्षीको उपचार

Letang Khabar सोमबार, आषाढ २२, २०७७

लेटाङ, २२ असार । लेटाङ नगरपालिका पशु सेवा शाखाले १ दिने पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । लेटाङ नगरपालिका वडा नं. ८ र ९ को विच किसान चौकमा शनिवार उक्त शिविर सम्पन्न भएको हो ।

लेटाङ नगरपालिका पशु सेवा शाखाका प्राविधिकहरु सहितको टोलीले १३५ घरका किसानलाई सेवा पूर्याएको लेटाङ नगरपालिका पशु विकास शाखाका प्रमुख गणेश ओझाले जानकारी दिनुभयो । उक्त पशु स्वास्थ्य शिविरमा एकहजार पचास वटा पशुहरुको उपचार गएिको उहाँले जानकारी दिनुभयो । शिविरमा बाख्रा, गाँई, बंगुर, भैसी लगायतको स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको थियो । शिविरमा लुतो, बाँझोपन, नाम्ले, घाउखटिरा आदिको औषधी दिईएको ओझाले जनाउनुभयो ।

पशुपंक्षी सम्वन्धी कुनै समस्या भए लेटाङ नगरपालिका पशु शाखामा सम्पर्क गर्नुहुन समेत पशुपंक्षी पालक कृषकलाई आह््वान गर्नुभयो । हाल पशु सेवा शाखाले नगरपालिकाभरी गएर पशुपालनका आधुनिक प्रविधी , उपचार , उचित सल्लाहा प्रदान गरिरहेको छ । नगरपालिकाले यसै बर्ष बोयरवोका वितरण , कोरली गाई , पाडी , बंगुर वितरण समेत गरेको छ भने आगामी आर्थिक बर्षमा समेत किसानका मागलाई मध्यनजर गर्दै विभिन्न कार्यक्रम ल्याउने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ