

अम्बिका भण्डारी लेटाङ ९ कार्तिक २०७५, बिहीबार । साबिक चुरेफेदी सडक उपभोक्ता समितिबाट रुपान्तरित भइ बनेको मदन भण्डारी राजमार्ग निर्माण सहयोग समिति केराबारीले बजार क्षेत्र र घना बस्ती प्रभावित नहुने गरी पहाडको फेदैबाट प्रस्तावित मदन भण्डारी राजमार्ग बनाउने पहल गर्न माग गरेको छ । केराबारी गाउँपालिका कार्यालयमा एक ज्ञापनपत्र बुझाउँदै समितिले सो माग गरेको हो । […]
प्रशान्त निरौला लेटाङ २९ अशोज ।लेटाङ नगरपालिकाले थप ३ लाख ९० हजार रकम उपचारमा सहयोग गरेको छ । वोनक्यान्सरको उपचार गरिरहेकी लेटाङ ९ की मनिषा लिम्बु सहित ३९ जना दीर्घरोगीहरुलाई १० हजार रुपैयाको दरले उपचार सहयोग वितरण गरिएको हो । रोग लाग्नु भन्दा रोग लाग्न नदिनुनै उत्तम भएकाले वेलैमा सचेत हुन नगरप्रमुख तथा कार्यक्रमका प्रमुख […]
सुरेश अधिकारी लेटाङ । उत्तरी मोरङको सिंहदेबिमा रहेका महाभारत साकोस र जेफाले महिला साकोस बिच असोज २७ गते एकिकरण भएको छ । राज्यको सहकारी निति अनुसार एक वडामा एकमात्रै बचत तथा ऋण सहकारी संस्थाको अबधारणलाई आत्मसाथ गर्दै केराबारी २ सिंहदेबिमा रहेका दुबै सहकारीबिच एकिकरण भएर महाभारत जेफाले बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको हो […]
प्रशान्त निरौला लेटाङ २८ अशोज । लेटाङ नगरपालिका २ तथा बुधबारे पैतिसविघे कालोपत्रे सडक निर्माण उपभोक्ता समितिको आयोजनामा भएको २०७५ सालको विजयदशमी , शुभदिपावली , छट तथा अन्य पर्वहरुको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा बुधबारे पैतिसविघे कालोपत्रे सडक उद्घाटन सम्पन्न भएको छ । लेटाङ लेटाङ २ मा रहेको वुधवारे पैतिस विघे सडक कालोपत्रे सडक सम्पन्न […]
सुनसरी, आश्चिन २३ गते । सुनसरीको इनरुवा नगरपालिका २ स्थित जिल्ला शिक्षा कार्यालय अगाडी मोटरसाइकल दुर्घटनामा परि १ महिला घाइते भएकी छन् । इनरुवाबाट भुटाहा तर्फ जाँदै गरेको को ३२ प ६५७९ नम्बरको मोटरसाईकल हम्समा आँफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार सुनसरी गढी गाउँपालिका ५ बस्ने बर्ष ३५ की सवेदा खातुन घाइते भएकी […]
कुमार खड्का असोज २२ पथरी । दुवै मृगौला फेल भएर गोल्डेन अस्पताल विराटनगरमा उपचार गरिरहेकी मोरङ पथरीशनिश्चरे १ निवासी सरिता लिम्वु मिश्रको परिवारले उनको ज्यान वचाईदिन आग्रह गरेको छ । उनको उपचारका लागि ५० देखि ६० लाख सम्म लाग्ने अस्पतालले जनाएको सरिताका श्रीमान योगेन्द्र मिश्रले सोमवार पथरीको शान्ति सामुदायिक वनको सिमसार क्षेत्रमा आयोजित सरिता लिम्वु […]
–नारायण ढुङ्गाना काठमाडौँ, २३ असोज (रासस) : कुनै बेला हुलाक सेवा सर्वसाधारणको मन मष्तिष्कमा हुन्थ्यो । सूचनाको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा नयाँ खबर आयो की झै लाग्थ्यो । सूचना र प्रविधिको विकाससँगै घट्दै गएको हुलाकको आकर्षण माथि उठ्न सकेको छैन । प्रविधि र समयको मागअनुसार चल्न नसक्दा नेपालको हुलाक सेवाप्रति सर्वसाधारणको […]
मदनबाबु प्रसाई उर्लाबारीर उर्लाबारी नगरपालीका मेयर खड्ग फागोले सार्वजनिक कार्यक्रममा बिगत ६ महिना देखि एउटा कुरा भन्न छुटाउने गरेको छैनन् । त्यो हो मिक्लु र सोल्टी खोला अनि त्यसको प्रतिवेदन सार्वजनिक । गत बैशाखको पहिलो साता नगरपालीकाले उर्लाबारीको वार्ड नं. – ४ मा पर्ने सोल्टी र मिक्लु खोला बस्ती भन्दा अग्लो भई जोखीम बढेकोले न्यूनीकरणका […]
प्रशान्त निरौला लेटाङ २१ अशोज । लेटाङ २ मा रहेको वुधवारे पैतिस विघे सडक कालोपत्रे सडक सम्पन्न भएको छ । लेटाङ नगरपालिकाको ४५ लाख तथा स्थानिय उपभोक्ताहरुवाट संकलन गरिएको ५४ लाख गरी ९९ लाख रुपैयाको लागतमा वनेको सडक कालोपत्रेको काम सम्पन्न भएको छ । यसैविच उक्त सडकको मोरङ १ का सांसद घनश्याम खतिवडा , […]
लेटाङ १९ अशोज । लेटाङ क्याम्पसमा नयाँ नेतृत्व चयन भएको छ । विहिवार भएको चौथो क्याम्पस अधिवेशन वाट मित्रप्रसाद भण्डारी क्याम्पसको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । क्याम्पसको उपाध्यक्षमा गोपाल नेपाली तथा महिला सदस्यहरुमा शान्ति लामा , शान्ता गुरुङ , कल्पना राई सञ्चालक सदस्यमा गजेन्द्र खान ठकुरी , नगेन्द्र प्रसाद घिमिरे , हरीवहादुर मगर , […]