जेफालेमा महाभारत र महिला साकोसबिच एकिकरण

Letang Khabar सोमबार, आश्विन २९, २०७५

सुरेश अधिकारी

लेटाङ । उत्तरी मोरङको सिंहदेबिमा रहेका महाभारत साकोस र जेफाले महिला साकोस बिच असोज २७ गते एकिकरण भएको छ । राज्यको सहकारी निति अनुसार एक वडामा एकमात्रै बचत तथा ऋण सहकारी संस्थाको अबधारणलाई आत्मसाथ गर्दै केराबारी २ सिंहदेबिमा रहेका दुबै सहकारीबिच एकिकरण भएर महाभारत जेफाले बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको हो । बिगत ६ महिनादेखि एकिकरणको लागि प्रयास भएको भएता पनि महाभारतको गत असोज १३ र जेफालेको असोज १७ गते बसेको बिशेष साधारण सभाबाट एकिकरण गर्ने निर्णय भएपश्चात दुबै सहकारी संस्थाहरु एक भएका हुन । बि।स। २०६३ सालमा स्थापना भएको महाभारत र पहाडी ग्रामिण बिकास संस्था उत्तरी मोरङ ९हर्डन० को सहयोगमा बि।स। २०६८ मा स्थापना भएको जेफाले महिला साकोसको एकिकरणसगै महाभारत जेफाले साकोस १ हजार ३८ जना शेयर सदस्य तथा ३ करोड ३४ लाख पुँजी र शेयर ६० लाख १० हजार ३ सय भएको साकोस पनि बनेको छ । एकिरण सभालाई सम्बोधन गर्दै केराबारी गाँउपालिका उपाध्यक्ष शान्ति भुजेलले राज्यको सहकारी निति कार्यान्वयनको काम केराबारी गाँउपालिकामा पहिलो पटक वडा नम्बर २ बाट सुरुवात भएको भन्दै खुसी व्यक्त गरिन् । एक वडामा एकै प्रकृतिको एक मात्र सहकारी संस्था रहने व्यवस्था अनुसार वडा नम्बर २ को सिंहदेबिमा सहकारी एकिकरण भएको बताउदै कार्यक्रमकी प्रमुख अतिथि उपाध्यक्ष भुजेलले अन्य वडाहरुमा पनि अभियान संचालन गरेर सहकारी संस्थाहरुको सेवालाई प्रभावकारी बनाउनुपर्ने बताईन । कार्यक्रममा बिशेष अतिथिको रुपमा मन्तव्य राख्दै जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङकी उपाध्यक्ष पार्बती बरालले सहकारीमा आर्थिक कारोबार पारदर्शी बन्न नसके द्धन्द सिर्जना हुने बताईन । ग्रामिण क्षेत्र र न्यून आर्थिक अबस्था भएका जनताको जिबिकोपार्जनको क्षेत्रमा काम गर्न सहकारी संस्थाहरुको स्थापना भएको बताउदै उपाध्यक्ष बरालले शेयर सदस्यको आर्थिक अबस्था सुधार गरी जिबनयापन सहज बनाउने गरी उत्पादनमुलक व्यवसायमा ऋण लगानी गर्नुपर्ने कुरामा जोड दिईन् । कार्यक्रममा सम्बोधन गर्दै केराबारी गाँउपालिका वडा नम्बर २ का अध्यक्ष प्रेम बहादुर लिम्बूले सहकारी संस्थाका गतिबिधिहरुलाई स्थानिय निकायले निगरानी गर्ने बताए । संचार माध्यमहरुमा सहकारी संस्थाका कर्मचारी तथा संचालकहरुले शेयर सदस्यहरुको रकम हिनामिना गरेको समाचार आईरहेको प्रसंग जोड्दै अध्यक्ष लिम्बूले आफ्नो वडामा त्यस्तो हुन नदिन समय समयमा अनुगमन गर्ने बताए । एक व्यक्ति, एक सहकारीको नारालाई आत्मसाथ गर्दै एकै प्रकृतिका सहकारी संस्थाहरुलाई एकिकरण अभियान केराबारी गाँउपालिकामा आफ्नै वडाबाट सुरु गरेको बताउदै लिम्बूले एकिकरण पछि बनेको महाभारत जेफाले साकोससंग साझेदारीमा काम गर्न ईच्छुक रहेको समेत बताए । बसन्तटार युवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देबेन्द्र लिम्बूले अब एकै स्थानमा रहेका एकै प्रकृतिका सहकारी संस्थाहरु एकिकरण हुनुको कुनै बिकल्प नरहेको बताए । कार्यक्रममा दुबै साकोस एकिकरण कार्यदलका संयोजक डिल्लीराम शर्मा अधिकारीले सहकारी संस्थाले दिने सेवालाई प्रभावकारी र नतिजामुखी बनाउनको लागि संस्था एकिकरण गर्नुपरेको बताए । पर्यटकिय क्षेत्र केराबारी २ सिंहदेबीको जेफालेमा स्थापना भएको महिलाहरु मात्रै आबद्ध रहेको जेफाले साकोस र महाभारत साकोसको एकिकरणबाट एकै प्रकृतिका एकै स्थानका बचत सहकारीहरुको एकिकरणको सन्देश सबैलाई पुर्याउन खोजेको संयोजक अधिकारीले बताए । भीम बहादुर ठकुरीको संचालनमा सम्पन्न भएको कार्यक्रममा संस्थाका व्यवस्थापक मनोज अधिकारीले दुबै संस्था एकिकरण पश्चात भएको आर्थिक अबस्थाबारे प्रतिबेदन प्रस्तुत गरेका थिए । एकिकरण घोषणा सभाबाट डिल्लीराम शर्मा अधिकारीको अध्यक्षमा आगामी ४ बर्षे कार्यकालको संचालक समिति सर्बसम्मतीबाट चयन भएको छ । सर्बसम्मतबाट चयन भएको समितिमा उपाध्यक्ष, सचिब, सहसचिब र कोषाध्यक्ष क्रमशः कुमारी खड्का, भीम बहादुर ठकुरी, यज्ञ बहादुर लिम्बू र यमन मुसङ रहेका छन् भने संचालक सदस्यहरुमा योज्ञ बहादुर लिम्बू, देबिलाल लिम्बू, गीता राई, नर बहादुर खड्का, कल्पना शाही र सारदा खड्का, रहेका छन् । त्यसैगरी डम्बर लाबती संयोजक तथा यदुनिधि अधिकारी र कमल ठकुरी सदस्य रहेको लेखा तथा सुपरिबेक्षण समिति पनि सर्बसम्मतीबाट चयन गरिएको छ । सभामा संस्थामा आबश्यक पर्ने आधा दर्जन बढी उपसमितिमा २ दर्जन बढी सहभागिता रहने गरी मनोनयन पनि गरिएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ


Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents('/home/letangkha...', '<?php exit('Acc...') #1 [internal function]: wfWAFStorageFile->saveConfig('livewaf') #2 {main} thrown in /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34