लेटाङ १९ अशोज । लेटाङ क्याम्पसमा नयाँ नेतृत्व चयन भएको छ । विहिवार भएको चौथो क्याम्पस अधिवेशन वाट मित्रप्रसाद भण्डारी क्याम्पसको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । क्याम्पसको उपाध्यक्षमा गोपाल नेपाली तथा महिला सदस्यहरुमा शान्ति लामा , शान्ता गुरुङ , कल्पना राई सञ्चालक सदस्यमा गजेन्द्र खान ठकुरी , नगेन्द्र प्रसाद घिमिरे , हरीवहादुर मगर , भुमिका देवी मगर , विनोद सुवेदी सर्वसम्मत चयन भएका छन् ।
क्याम्पसमा समितिको लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा यामनाथ सुवेदी र सदस्यमा फुलमाया तामाङ पनि सर्वसम्मत चयन भएका छन् ।