शुभकामना आदानप्रदान एवम् वुधवारे—पैतिसबिघे कालोपत्रे सडक उद्घाटन

Letang Khabar सोमबार, आश्विन २९, २०७५

 

प्रशान्त निरौला
लेटाङ २८ अशोज । लेटाङ नगरपालिका २ तथा बुधबारे पैतिसविघे कालोपत्रे सडक निर्माण उपभोक्ता समितिको आयोजनामा भएको २०७५ सालको विजयदशमी , शुभदिपावली , छट तथा अन्य पर्वहरुको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा बुधबारे पैतिसविघे कालोपत्रे सडक उद्घाटन सम्पन्न भएको छ ।
लेटाङ लेटाङ २ मा रहेको वुधवारे पैतिस विघे सडक कालोपत्रे सडक सम्पन्न भएको हो । लेटाङ नगरपालिकाको ४५ लाख तथा स्थानिय उपभोक्ताहरुवाट संकलन गरिएको ५४ लाख गरी ९९ लाख रुपैयाको लागतमा वनेको सडक कालोपत्र आज उद्घाटन गरिएको हो ।
सडकको उद्घाटन मोरङ १ का सांसद घनश्याम खतिवडा, नेपाली कांग्रेस मोरङका सभापति तथा संविधान सभा सदस्य डिगवहादुर लिम्बु , लेटाङ नगरपालिकाका प्रमुख शंकर राई , उपप्रमुख कृष्णकुमारी निरौला , लेटाङ नगरपालिका २ का वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाले संयुक्त रुपमा रिवन काटेर गरिएको हो ।
उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै सांसद खतिवडाले लेटाङ नगरपालिकालाई समृद्ध वनाउन आफ्नो क्षेत्रवाट सधै लाग्ने वचन दिनुभयो । उहाँले लेटाङ नगरपालिकामा तमोरको पानि लेटाङ सम्म ल्याउने सपना रहेको समेत खुलाउनुभयो । उहाँले सवै मिले मात्र विकास सम्भव रहेकोले चुनाव लडेकाहरु नै भेला भएको र अब यहि समुह मिलेर समाज रुपान्तरणका लागि जुट्न जरुरी रहेको वताउनुभयो ।
विशिष्ट अतिथि डिगवहादुर लिम्बुले सवै तहका जनप्रतिनीधिहरु मिलेर नगरनिर्माणमा लाग्न सुझाव दिनुभयो । उहाँले हरेक निर्णयमा जनताको आवश्यकतालाई हेरेर निर्णय गर्न र कार्र्ययोजना वनाएर अघि वढ्न आग्रह गर्नुभयो । जनताले जनप्रतिनीधिहरुको परिक्षण गर्ने र चुनावको वेला हिसावकिताव गर्ने भएकाले जनतालाई सिरमा राखेर मिलेर अगाडी वढ्न आग्रह गर्नुभयो । उहाँले संविधान वनाउने जिम्मेवारी जनताले आफुलाई दिएको र सो जिम्मेवारी पुरा गरेको र अब अन्य जिम्मेवारी पुरा गर्न जनताले केन्द्रमा घनश्याम खतिवडालाई पठाएको र उहाँलाई आफुले भरपुर सहयोग गरेर लेटाङको विकास गर्न सहयोग गर्ने वताए ।
विशिष्ठ अतिथी लेटाङ नगरप्रमुख शंकर राईले नगरपालिकालाई समृद्ध वनाउन आफु लागेको र यसमा सवैले सहयोग गर्न अनुरोध गर्नुभयो । घरघरमा सिंहदरवारको अधिकार ल्याउने सपना बोकेर नयाँ नेपाल वनाउन होमिएको र यसका लागि सवै एकजुट भएर लाग्न आवश्यक रहेकोे उहाँको भनाई थियो । उहाँले लेटाङ नगरपालिकामा जनसंख्याका आधारमा सरकारले वजेट विनियोजन गरेकाले सोच अनुरुप विकासका काम काम गर्न असहज भएको वताउनुभयो । नगरपालिकामा वस्ती चारैतिर रहेको तर कुनै वडामा जनसंख्या न्युन रहेको तर भुगोल अत्यन्त धेरै र अविकसित रहेकाले सरकारले भुगोललाई समेत आधार वनाएर वजेट विनियोजन गर्न सुझाव दिनुभयो ।

१२ सय मिटर लम्वाई रहेको वुधवारे—पैतिसबिघे कालोपत्रे सडक चौडाई ५२ फुट रहेको छ । जम्मा चौढाई सडक मध्ये २२ फुट कालोपत्रे गरिएको वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।केही दिन अघि लेटाङ नगरपालिकाको ७५ लाख तथा वाकी रकम स्थानियको सहयोगमा वुधवारे सडक कालोपत्रे सम्पन्न भईसकेको सडकको पहिलानै उद्घाटन गरिसकिएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ


Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents('/home/letangkha...', '<?php exit('Acc...') #1 [internal function]: wfWAFStorageFile->saveConfig('livewaf') #2 {main} thrown in /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34