वुधवारे पैतिस विघे सडक कालोपत्रे सम्पन्न

Letang Khabar सोमबार, आश्विन २२, २०७५

 

प्रशान्त निरौला

लेटाङ २१ अशोज । लेटाङ २ मा रहेको वुधवारे पैतिस विघे सडक कालोपत्रे सडक सम्पन्न भएको छ । लेटाङ नगरपालिकाको ४५ लाख तथा स्थानिय उपभोक्ताहरुवाट संकलन गरिएको ५४ लाख गरी ९९ लाख रुपैयाको लागतमा वनेको सडक कालोपत्रेको काम सम्पन्न भएको छ ।  यसैविच उक्त सडकको मोरङ १ का सांसद घनश्याम खतिवडा , लेटाङ नगरपाकिाका प्रमुख शंकर राई सहितको टोलीले अनुगमन गरेको छ । अनुगमनकै क्रममा सांसद खतिवडाले सडक कालोपत्रे सम्पन्न गरेकोमा लेटाङ नगरपालिकालाई धन्यवाद सहित प्रसंसा समेत गर्नुभयो ।

 

लेटाङ नगरलाई समृद्धीतर्फ उन्मुख गराउनका लागि सवै ठाँउमा सडक सञ्जाल पुर्याउन जरुरी रहेकाले लेटाङ नगर सम्मको सहज पहुँचका लागि उक्त सडक कालोपत्रे गरिएको लेटाङ नगरप्रमुख शंकर राईले वताउनुभयो । आगामी योजनामा गाँउगाँउमा सडक सञ्जाल पुर्याएर जनतालाई सहज वनाउने समेत प्रमुख राईले वताउनुभयो । लेटाङ नगरपलिका भित्र धेरै सडकलाई कालोपत्रे गर्नुपर्ने अवस्था रहेको र पहिलो चरणमा लेटाङ २ र लेटाङ ८ का मुख्य सडकलाई कालोपत्रे गरिसकिएको नगरप्रमुख राईले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिका भरी रहेका विभिन्न सडकलाई कालेपत्रेका लागि योजना वनाईरहको समेत जानकारी दिनुभयो ।

१२ सय मिटर लम्वाई रहेको उक्त सडकको चौडाई ५२ फुट रहेको छ । जम्मा चौढाई सडक मध्ये २२ फुट कालोपत्रे गरिएको वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।

लेटाङ नगरपालिकालाई सवै वडा जोड्ने उदेश्यअनुरुप नगरपालिकाको योजना मुताविक  सो सडकलाई कालोपत्रे गरिएको लेटाङ नगरपालिका २ का वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाले वताउनुभयो । उहाँका अनुसार लेटाङ नगरपालिका २ का सवै ठाँउहरुमा सडक सञ्जाल पुर्याएपछि अन्य विकास गर्न सहज हुने भएकाले सडकको स्तरउन्नतीको गरेको वताउनुभयो । लेटाङ २ का जनताको सक्रियताले मात्र यो काम सम्पन्न गर्न सफल भएकाले जनताको साथले जस्तोसुकै काम गर्न सकिने विश्वास उहाँले गर्नुभयो ।

केही दिन अघि लेटाङ नगरपालिकाको ७५ लाख तथा वाकी रकम स्थानियको सहयोगमा वुधवारे सडक कालोपत्रे सम्पन्न भईसकेको छ ।

पछिल्लो समय कालोपत्रे भएको  वुधवारे पैतिस विघे सडकको औपचारीक उद्ध्घाटन गरिने समेत वडा अध्यक्ष तिम्सिनाले जानकारी दिनुभयो  ।

                                            फोटो: रविन श्रेष्ठ

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ