फुडबैंक मार्फत १२० परिवारलाई राहत

लेटाङ २५ भदौ । फुड बैक मार्फत बुधवार लेटाङ ५ र २ का अतिनै बिपन्न १०९ परिवारलाई राहत प्याकेज बितरण भएको छ । लेटाङ ५ ८९ परिवार र लेटाङ २ का २० परिवारलाई राहत बितरण गरिएको हो । लेटाङ २ मा मंगलवार समेत राहत बितरण गरिएको थियो । ”हुनेले दिएर जाँउ, नहुनेले लिएर” भन्ने मुल […]

लेटाङमा १ सहित प्रदेश १ मा तीन हजार तीन सय संक्रमित, ३२ जनाको मृत्यु

विराटनगर। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३११ पुगेको छ । आइतबार थप ९५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ हजार ३११ पुगेको हो । मृत्यु हुनेको संख्या ३२ पुगेको छ । ती मध्ये ९ जना प्रदेश २ का बासिन्दा हुन । २३ जना प्रदेश १ का बासिन्दा हुन । पछिल्लो २४ […]

लेटाङ नगरपालिका सिल

लेटाङ १२ भदौ । लेटाङ नगरपालिका सिल गरिएको छ । लेटाङ नगरपालिकाको एक वडामा एकै परिवारका ४ जनालाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको हो ।कन्टयाक ट्रेसिङ गर्नुपर्ने भएकाले नगरपालिकालाई सिल गरिएको हो । १६ गते सम्मका लागि नगरपालिका सिल गरिएकोे छ ।सिल गरिएको समयमा आकस्मिक स्वास्थ्य सम्बन्धी बाहेकका सबै कार्य बन्द गरिएको नगरपालिकाका प्रमुख शंकर […]

लेटाङमा थपिए एक कोरोना संक्रमित

लेटाङ, २४ असार । लेटाङ नगरपालिकाको क्वारेन्टाईनमा साउदीअरेवियावाट असार १४ गते आएका एक ब्यक्तिलाई कोभिड १९ संक्रमण भएको पूष्टि भएको छ । विदेश वाट आएर सिधै क्वारेन्टाईनमा राखिएका ४५ बर्षिय एक पूरुषलाई कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएका मानिसको सुन्दरहरैचाँ स्थित गोठगाँउमा रहेको काेराेना बिशेष अस्पतालमा उपचारका लागि लगिने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले […]

क्वारेन्टाईनवाट १४ जना घर फिर्ता

लेटाङ, २० असार। लेटाङ नगरपालिकाले वनाएको क्वारेन्टाईनमा रहेकाहरु मध्ये १४ जनालाई आज घर पठाईएको छ । विदेशवाट आएकाहरु लेटाङको क्वारेन्टाईनमा १४ दिन अघि देखि वसिरिहेका थिए । छिमेकी भारत लगायत वोमन , दुवई , कतार वाट आएर लेटाङ नगरपालिकाको क्वारेन्टाईनमा बसेका उनिहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आज नगरप्रमुख शंकर राई, ईलाका प्रहरी कार्यालय लेटाङका […]

अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामाग्री वितरण

लेटाङ, ८ असार । अपांगता भएका ब्यक्तिहरुको समुह लेटाङले लेटाङ नगरपालिकाको आर्थिक सहयोगमा विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को महामारी भईरहेको अवस्थालाई मध्यनजर गर्दै लेटाङ नगरभरीका अपांगता भएका ब्यक्तिहरुलाई लक्षित गरी मास्क सेनिटाईजर, सावुन ,न्यानो कपडा, पंखा, छाता, बैशाखी, सेतो छडी लगायतका सामाग्री वितरण गरेको छ ।   कोभिड १९ को महामारीका बेला अपांगता भएका […]

नोबेल अस्पतालमा लेजर प्रबिधिबाट पथरीयाको शल्यक्रिया सुरु

बिराटनगर, ४ असार । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले लेजर प्रबिधिबाट मृगौलाको पथरीया निकाल्न थालेको छ । बिनाचिरफार शरीरमा घाउ नबनाई लेजर प्रबिधिमार्फत मृगौलाको पथरीया निकाल्न थालिएको हो । ईजरायलबाट करिव दुई करोडको लागतमा लेजर मेसिनसहितका उपकरण ल्याएर बिना चिरफार मृगौलाको पथरीया निकाल्न थालिएको नोबेल अस्पतालले जनाएको छ । चिकित्सकहरुका अनुसार यो प्रबिधि मार्फत मुत्रनलीबाट […]

वी‍‍.पी. काेईराला अस्पतालकाे सेवा अब लेटाङबाटै पाईने

लेटाङ ३ असार ।  वी‍‍.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान घोपाको सेवा लेटाङबासीले स्थानिय स्तरबाट पाउने भएका छन् । सामान्य देखि जटिल किसिमका रोगहरुको उपचार सम्बन्धी डाक्टरको ओपिडी सेवा प्राथमिक स्वास्थ्य केन्द्रबाट नै संचालन हुने भएपछि लेटाङ तथा आसपासका जनतालाई धरानसम्म धाई रहनुपर्ने अवस्थावाट मुक्त भएको हो । बुधबार बि।पिको प्राबिधिक टोलीले स्वास्थ्य केन्द्रमा आएर […]

लेटाङमा २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि

लेटाङ , २६ जेठ । लेटाङ नगरपालिकामा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका जनस्वास्थ्य अधिकृत महेन्द्र चौधरीका अनुसार नगरपालिकामा ३० र २९ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । संक्रमित युवक १४ जेठ यता नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा छन् । नगरको क्वारेन्टाइनमा अन्य १३ जना बसिरहेका छन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ