अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामाग्री वितरण

Letang Khabar सोमबार, आषाढ ०८, २०७७

लेटाङ, ८ असार । अपांगता भएका ब्यक्तिहरुको समुह लेटाङले लेटाङ नगरपालिकाको आर्थिक सहयोगमा विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को महामारी भईरहेको अवस्थालाई मध्यनजर गर्दै लेटाङ नगरभरीका अपांगता भएका ब्यक्तिहरुलाई लक्षित गरी मास्क सेनिटाईजर, सावुन ,न्यानो कपडा, पंखा, छाता, बैशाखी, सेतो छडी लगायतका सामाग्री वितरण गरेको छ ।
 
कोभिड १९ को महामारीका बेला अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामाग्रीले सरल हुने भन्दै सामाग्री वितरण गरिएको अपांगता भएका ब्यक्तिहरुको समुह लेटाङका अध्यक्ष तेजबहादुर लिम्बुले जानकारी दिनुभयो ।
 
दुई लाख बरावरको सामान वितरण गरिएको कोषाध्यक्ष सिता श्रेष्ठले जानकारी दिनुभयो । लेटाङ नगरपालिकाका सबै वडामा पूगेर वितरण गर्न लागिएको हो । प्रत्येक वडामा १६ जनाका दरले सामान वितरण गर्ने योजना अनुरुप १५० जनालाई सामान वितरण गर्न लागिएको समेत श्रेष्ठले जानकारी दिनुभयो । प्रत्येक बडामा पूगेर सामान वितरण गरिने समेत उहाँले बताउनुभयो ।
 
लेटाङ नगरपालिकाका लेखा अधिकृत सुशिल वास्तोला र वडा नं. ४ का अध्यक्ष सन्तोष कार्कीले सामान वितरण गर्नुभएको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ