गोपाल काफले
पथरी (मोरङ) बुधबार, फागुन ०१ , २०७५ । पथरीशनिश्चरे ३ मोरङका कृषक भोला खरेल ‘मानव स्वास्थ्य माटो र पर्यावरण जोगाउन रसायनिक मल विषादि मुक्त जैविक खेती गरौँ, स्थानीय जातलाई नश्ल सुधार गरी बाख्रा पालनमा आम्दानी बढाऔँ।’ भन्ने नाराका साथ अर्गानिक खेती गदै आएका छन ।
गोठ कृषि फार्मले नगरकै पहिलो अर्गानिक सागसब्जी उत्पादन गर्दै आएको हो । नगरपालिकाले अर्गानिक नगर बनाउन चाहेमा १ वर्षमा नगरलाई पुग्ने गरिको अर्गानिक तरकारी उत्पादन गर्न सक्ने खरेलले बताउँछन । खरेलले तरकारी खेतीसंगै ८ लाखको लगानीमा बाख्रापालन र माछापालन समेत सुरु गरेका छन । हाल गोठमा ३५ वटा बाख्रा रहेका छन् भने २ वटा पोखरी रहेका छन । फर्ममा १५ वटा खसी बोका छन् भने २० वटा चाँहि माउ र पाठापाठी रहेका छन् । लोकल जातमा नश्ल सुधार गरेर पाल्दा बढी फाइदा हुने भएकाले बातावरण सुहाउदो अन्न पानी मिल्ने स्वदेशी जातका बाख्रा पाल्दै आएका छन । जस्ले तरकारीका लागि आवश्यक पर्ने मलका लागि आफै उत्पादन गर्ने र बिक्री समेत गर्ने गरेका छन । तरकारी बालीलाई अर्गानिक बनाउनका लागि जैविक मलको प्रयोग, विषादिको सट्टामा किरा मार्नका लागि चरालाई चारो लगाइदिने र चराले तरकारीमा लाग्ने किरा फट्याङ्ग्रा पनि खाने गरेको खरेल बताउछन् ।
फर्मले पछिल्लो समय बोयर जातको बाख्रामा वढी मात्रामा फाइदा हुने गरेको सुनेका खरेलले भने खरी र बोयर जातको मिश्रणबाट नश्ल सुधार गरेर बाख्रा पालिरहेको बताए । खरेलको सुझाब छ, ‘बाख्रामा चाँहि नश्ल सुधार गर्नुपर्छ । बोयर जातको बाख्रा पाल्नका लागि सामान्य किसानले बाख्रा किन्ने सक्दैनन् अनि ठूलो लगानी गरेर बोयर भनेर ल्यायो फाइदा हुदैँन । हामीले थोरै पैसा हुनेले पाल्ने भनेको नश्ल सुधार गरेर हो । स्थानीय जातको चैँ सरक्षण गर्नु पनि छ ।’ गोठ कृषि फर्ममा बाख्रा, माछा, फर्सी, टमाटर, खुर्सानी, साग, धनिया, तोरी, लगायतका अन्य अगा्नीक तरकारी उत्पादन हुन्छ । लहरा नहुने जातको आलुको बोट जस्तो सानो पोथ्रा हुने झट्ट हेर्दा काक्राँ जस्तो देखिने लाम्चो खालको हरियो फर्सी छ । यो फर्सी गोठ कृषि फार्ममा ४ कठ्ठामा रहेको छ । यसको बिउ प्रति बियाँ ६ रुपैया सम्म पर्ने गरेको फार्म सञ्चालक खरेलले बताए । छोटो समयमै उत्पादनमा आउने बाली लगाउदा करिब १५ हजार खर्च भएकोे खरेलको भनाइ छ । यो फर्सीमा कुनैपनि प्रकारको विषादिको प्रयोग गरिएको छैन् । यो पूर्ण रुपमा अर्गा्निक उत्पादन भएको खरेलले बताए । ३ कठ्ठामा टमाटर खेती गरेका रहेको छ । श्रीजना र सरिता जातको अर्गानिक टमाटरको उत्पादन निकै राम्रो रहेको छ । यसको बोट अग्लो हुने, डोरिमा लहरा बनाउन सकिने र प्रत्येक हाँगामा झुप्पा लाग्ने गर्दछ । २ देखि ३ हप्तामा प्रयोग गर्न मिल्ने टमाटर ३ कठ्ठाका लागि करिब २० हजार खर्च गरेको बताए । टमटर संगै अन्य बालि गर्न मिल्लने भएकाले एक सिजनमा टमाटरले पनि राम्रै नाफा दिने गरेको खरेको भनाई छ । टमाटरको बोट अग्लो हुने भएकाले यसको फेदमा अन्य साग, धनिया, तोरी, मुलालगायतका पोथ्रा बाली उत्पादन भएको छ ।
नामधारी खुर्सानी प्रति कठ्ठा ५ हजार खर्च हुन्छ यसले सिजन अनुसारको आम्दानी दिने गरेको छ । बजार भाउ राम्रै छ यसका अलवा भिन्डी, लौका, बैगुन लगायतका तरकारीहरु पनि उत्पादन हुने गरेको छ । गोठ कृषि फार्ममा बाख्राको पिसाब, बड्कौँला सबै जम्मा गरेर मल बनाउने र कसैले खोजेमा सस्तो दरमा विक्री गर्ने गरेका छन् । यसरी जम्मा गरेको मलमूत्रलाई जैविक विधिबाट सुद्धिकरण गर्ने र बोटविरुवाको अवस्था हेरेर पानीको मात्रा मिलाएर प्रयोग गर्ने गरेको खरेलले बताए । सामान्यतया बाख्राको मलमूत्रलाई जम्मा गरेर अमृत झोल तयार गर्ने गरेको खरेलको भनाइ छ । यसरी तयार भएको अमृत झोललाई प्रयोग गरेर उत्पादन गरिएको तरकारी लामो समयसम्म टिक्ने, स्वादिलो हुने, स्वास्थ्यका लागि सबैभन्दा फाइदाजनक रहेको खरेलले बताए । गोठ कृषि फार्ममा झापा देखिका किसानहरु पनि सिक्नका लागि आउने गरेको उनले बताए । वरिपरीका केही किसानहरुले पनि आफस्संग भएको आइडिया लिने र अर्गानिक उत्पादनमा लाग्ने गरेको खरेलले बताए ।
गोठ कृषि फार्मकै छेउमा आर के पी बंगुर फार्म थियो तर १ वर्ष देखि त्यो पनि बन्द भएको छ । बजारको ग्यारेन्टी नहुँदा, लगानीको सुरक्षित नहुने जस्ता विविध कारणले फार्म बन्द गर्नुपरेको संचालक रामकाजी बस्नेतले बताए । उनले भने ‘बंगुर लगेर अघियामा कटि देउ न भन्दा पनि मान्छे पाइन् । मेरो २÷३ लाख रुपैया खेर गयो ।’ सरकारले किसानको लगानी सुरक्षितको ग्यारेन्टी गर्न सकेमा नेपाल पूर्ण रुपमा कृषिमा आत्म निर्भर हुन सक्ने केही उदाहरणहरुले देखाइसकेका छन् ।
सरकारी अनुदान शून्य
नगरले अर्गानिकलाई जोड नदिने र कृषि तालिमहरुमा नक्कली कृषकहरु भत्ताका लागि जाने गरेकाले सरकारले ल्याएको कृषि कार्यक्रमले केहि उपलब्धि नभएको खरेलको दाबी छ । ‘नगरले सही किसान चिन्न नसक्दा अहिले कृषक व्यवसायीहरु विदेशीन थालेका छन् ।’ उनी भन्छन् ।
सरकारले किसानलाई अनुदान भनेर जतिसुकै कराएपनि वास्तविक किसानले नपाएकामा खरेलले आक्रोस पोखे । उनले भने ‘सरकारी अनुदान त कहाँ जान्छ, कहाँ, थाहा छैन् । हामीले यत्रो लगानी गरेर काम गरिरहेका छौँ, अनुदानका लागि पटक पटक जिल्ला कृषि देखि कहाँ कहाँ धाएनौँ तर पार लागेन । यहाँ त अनुदान खानका लागि फार्म दर्ता गरेर बसेको गिरोह नै छ उनीहरुलाई खोरमा बाख्रा हाल्नु पर्दैन । फार्म दर्ता भए पुग्छ अनि आम किसानका नाममा गैर किसानले अनुदानको रकम पचाएका छन् । खै सरकारी निकाय के हेरेर अनुदान दिन्छ रु किसानको घरघरमा गएर फार्ममा गाई बाख्रा छन् कि छैन भनेर कहिले अनुगमन गरेर दिने गरेको पाइदैन । यहाँ त आफ्ना आसेपासेले फार्म दर्ता गरेर मिलाएर खाइ रहेका छन् ।’
नगरमा संचालनमा रहेको कृषिका लागि भनेर विभिन्न कार्यक्रम र अनुदान आए पनि त्यस्ता कार्यक्रममा वास्तविक किसानलाई सहभागी गराउन नगरले चासो नदिएको गोठ कृषि फर्मका सञ्चालक भोला प्रसाद खरेलले बताए । सरकारले कृषक खोज्नु पर्नेमा कृषकले सरकार खोज्दै जानु पर्ने बताउँदै त्यसमा पनि पार्टी र आफ्न्त हेदाहेर्दै सहि कृषकको पलै नआउने बताए । खरेलले भने, ‘अनुदान त कहा आउछ कहा जान्छ पत्तै हुदैन सरकारले बितरण गरेको अनुदान खोज्ने हो भने अनुदान पाको भोलिपल्ट देखि भेट्टिदैन ।’
सोमबार पथरी आएर मुख्य मन्त्री सेरधर राईले प्रदेशलाई विसाद्धिरहित अर्गानिक प्रदेश बनाउने भनेर फर्किए । यता सोही क्षेत्रका कृषक अर्गानिक तरकारीबाली उत्पादन गरेर १ वर्षमा नगरलाई नै पु¥याउछु भनेर भनिरहेका छन् । प्रदेश र स्थानीय सरकारले कृषिलाई लक्षित गरेर अत्याधिक बजेट विनियोजन गरिरहेको बेला सरकारी निकायले ध्यान दिनु जरुरी देखिएको छ । लक्षित कृषकहरुलाई प्रोत्साहन गर्न जरुरी छ ।