नगरप्रमुख शंकर राईद्धारा मह प्रसोधन मेसिन हस्तान्तरण

Letang Khabar मंगलबार, फाल्गुण १०, २०७८

लेटाङ, १० फागुन । मौरी पालन ब्यवसायलाई प्रवर्धन गर्ने उदेश्यले लेटाङ नगरपालिकाले मह प्रसोधन मेसिन वितरण गरेको छ । आज नगरप्रमुख शंकर राईले मौरी पालन गर्दै आएका लेटाङ ४ मा रहेको प्रसंसा हनि फार्मलाई तीन सय लिटर क्षमता भएको मह प्रसोधन गर्ने मेसिन प्रदान गर्नुभयो ।

धेरै बर्ष बैदेशिक रोजगारीका लागि विदेशमा बसेर फर्की आउनुभएका लोक बहादुर राईले संचालन गर्दै आउनुभएको उक्त फार्मलाई लेटाङ नगरपालिकाले मह प्रसोधन गर्ने मेसिन प्रदान गरेको हो ।

मौरीपालन व्यवसायलाई बिस्तार गर्दै बजारीकरणमा सहयोग गर्ने उद्देश्यले यो मेसिन प्रदान गरिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले बताउनुभयो । उहाँले कृषी, पशुपालन लगायतका क्षेत्रमा नगरपालिकाले बृहत कार्यक्रम गरिरहेको र प्रदेश र केन्द्र सरकार संगको समन्वयमा धेरै काम गरिरहेको बताउनुभयो । उहाँले आधुनिक कृषी बजार, कोल स्टोर लगायतका ठुला परियोजना लेटाङ नगरपालिकाले गरिरहेको समेत जानकारी दिनुभयो ।

 

नगरपालिकाले कृषी ब्यवसाय विकास गर्नका लागि धेरै कार्यक्रम गरिरहेको कृषी शाखाका प्रमुख करण श्रेष्ठले जानकारी दिनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ