लेटाङ, १५ असार । मोरङको लेटाङ नगरपालिकामा हालसम्म करिब १५ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। नगर क्षेत्रभित्र करिब १५० हेक्टर जमिनमा धान खेती गरिने अनुमान गरिएको कृषि शाखा प्रमुख करण श्रेष्ठले जानकारी दिए।
असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा नगरपालिकाले लेटाङ ९ मा विशेष कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ। यसै अवसरमा लेटाङ जेसिसले पनि लेटाङ ८ जयनेपाल नजिकै धान दिवस मनाउने तयारी गरेको अध्यक्ष सबिन निरौलाले बताए।
आज देशभर किसानहरू “छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला” भन्ने भाकामा रमाउँदै धान दिवस मनाइँदैछ। खेतमा हिलो खेल्दै, धान रोप्दै र दही चिउरा खाँदै यो पर्व सांस्कृतिक उत्सवका रूपमा मनाइन्छ।
असार १५ गतेलाई सरकारले २०६१ सालदेखि औपचारिक रूपमा राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको हो। यस पर्वले कृषिप्रति सम्मान र सांस्कृतिक पहिचान बोकेको छ।
www.letangkhabar.com
#धानदिवस
#असार१५
#लेटाङसमाचार
#धानरोपाई
#दहीचिउरापर्व
#कृषिप्रधानदेश
#धानखेत
#लेटाङ्खबर
#letanhkhabar
#RicePlantingDay
#NationalRiceDay
#Asar15
#LetangNews
#PaddyField
#NepalAgriculture
#CulturalFestival