लेटाङमा १५ प्रतिशत मात्रै रोपाइँ, आज धान दिवस मनाउने तयारी

प्रशान्त निरौला आइतबार, आषाढ १५, २०८२

लेटाङ, १५ असार । मोरङको लेटाङ नगरपालिकामा हालसम्म करिब १५ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। नगर क्षेत्रभित्र करिब १५० हेक्टर जमिनमा धान खेती गरिने अनुमान गरिएको कृषि शाखा प्रमुख करण श्रेष्ठले जानकारी दिए।

असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा नगरपालिकाले लेटाङ ९ मा विशेष कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ। यसै अवसरमा लेटाङ जेसिसले पनि लेटाङ ८ जयनेपाल नजिकै धान दिवस मनाउने तयारी गरेको अध्यक्ष सबिन निरौलाले बताए।

आज देशभर किसानहरू “छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला” भन्ने भाकामा रमाउँदै धान दिवस मनाइँदैछ। खेतमा हिलो खेल्दै, धान रोप्दै र दही चिउरा खाँदै यो पर्व सांस्कृतिक उत्सवका रूपमा मनाइन्छ।

असार १५ गतेलाई सरकारले २०६१ सालदेखि औपचारिक रूपमा राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको हो। यस पर्वले कृषिप्रति सम्मान र सांस्कृतिक पहिचान बोकेको छ।

www.letangkhabar.com

#धानदिवस
#असार१५
#लेटाङसमाचार
#धानरोपाई
#दहीचिउरापर्व
#कृषिप्रधानदेश
#धानखेत

#लेटाङ्खबर

#letanhkhabar

#RicePlantingDay
#NationalRiceDay
#Asar15
#LetangNews
#PaddyField
#NepalAgriculture
#CulturalFestival

 

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ