गोपेश्वर परिसर अब धार्मिक पर्यटकीय गन्तब्य

हरि कोइराला रतुवामाई÷ मोरङको रतुवामाई १० सोमबारेस्थित गोपेश्वर शिव मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकसित गर्न थालिएको छ । २०४७ सालमा स्थापना भएको मन्दिर परिसरमा हालसम्म सरस्वती,पञ्चेश्वर महादेव ,सूर्यनारायण, गणेश,विष्णुलक्ष्मी, कृष्ण,नागेश्वर र बिर्खेश्वर मन्दिर निर्माण भइसकेका छन् । १८ पुराण लगाउने कार्यक्रम अन्तरगत हरेक वर्ष माघमा पुराण लाग्दै आएको गोपेश्वर मन्दिर परिसरमा यो वर्ष […]

तरकारीमा बिचौलियाको सिन्डिकेट

काठमाडौँ। किसानको खेतबाट २० रुपियाँमा किनिएको तरकारी आम उपभोक्ताको भन्सासम्म पुग्दा ८५ देखि सय रुपियाँ कसरी पुग्छ त्यसको बिचौलिया ‘चेन’ एक अध्ययनले फेला पारेको छ । किसानसँग किनेको तरकारीको मूल्य किसानले तोक्न पाउँदैनन् । बिचौलियाले खरिद गरिसकेपछि थोक बिक्रेताको हातमा पुगेपछि मात्र किसानले पाउने मूल्य तोक्छ । अन्त्यमा कुहिएर, बिग्रिएर कम मूल्यमा बिक्री हुने तरकारीको […]

लेटाङ नगरपालिकाद्वारा ८९जना बिरामीलाई जनही १० हजार उपचार सहयोग प्रदान

प्रशान्त निरौला ––– लेटाङ, बैशाख ९ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले क्यान्सर,मिर्गाैला, मुटु र फोक्सो लगायतका दीर्घरोगीको जीवन यापनका लागि मासिक ५ हजार रुपियाँ खर्च दिने अघिल्लो सरकारको निर्णय तत्काल कार्यान्वयन हुनु पर्नेमा जोड दिएका छन् । आइतबार नगरपालिकामा आयोजित विपन्न नागरिक स्वास्थ्य उपचार सहयोग कार्यक्रममा ३९ जना रोगी बिरामीलाई जनही १०/१० हजार रुपियाँ […]

नयाँ वर्षको अवशरमा उपसभामुखलाई लेटाङ नगरपालिकाको शुभकामना

प्रशान्त निरौला लेटाङ ७ वैशाख । लेटाङ नगरपालिकाको आयोजनामा नयाँ वर्ष २०७५को शुभकामना तथा उपसभामुख डा. शिवमायाँ तुम्बाहाम्फे र मोरङ १ का सांसद घनश्याम खतिवडालाई वधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश सांसद उपेन्द्र घिमिरेलाई समेत निमन्त्रणा गरिएको कार्यक्रममा उनि अनुपस्थित थिए । निर्वाचनको लामो समयपछि शुभकामना कार्यक्रम आयोजना गरेकोमा माफी माग्दै नगरप्रमुख […]

जग्गाधनीद्वारा मुआब्जा माग

  दमक, ६ वैशाख (रासस) झापाको दमक नगरपालिकासहित कमल गाउँपालिकाको दुईवटा वडामा निर्माण हुने भनिएको औद्योगिक पार्कका लागि १९४ स्थानीय जग्गाधनीले मुआब्जाको माग दाबी गरेका छन् । औद्योगिक पार्क स्थापनाका लागि दमक नगरपालिका–१० र कमल गाउँपालिका–७ का बासिन्दाले औद्योगिक व्यवस्थापन लिमिटेडसँग मुआब्जाको माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले गत फागुन १४ गते सार्वजनिक सूचना […]

जनकपुरमा जानकी नवमीको भव्य तयारी

    महेन्द्रनगर, धनुषा, ६ वैशाख त्रेतायुगमा आदर्शनारी भगवती सीताको जन्म भएको संस्मरणमा जनकपुरमा जानकी जयन्ती अर्थात् जानकी नवमी विशेष रुपमा मनाउन तयारी थालिएको छ ।  जानकी नवमीको १४ दिने महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि जनकपुर आउने कार्यक्रम रहेको बताइएको छ । जानकी नवमीका अवसरमा यस वर्ष जनकपुरमा विशेष कार्यक्रम गरिने भएको छ । यही […]

समाजसेवी कार्किद्वारा वृद्ध विश्राम स्थलमा धारा जडान

प्रशान्त निरौला लेटाङ ५ बैशाख । खानेपानीको समस्या झेलिरहेका वृद्धहरुको आश्रमस्थलमा लेटाङ चार निवासी समाजसेवी खड्गबहादुर कार्कीद्वारा खानेपानीको ब्यबस्था गरिदिएका छन । कार्किले २० हजारको लागतमा उक्त ठाउँमा धारा जडान गरिदिएका हुन । लेटाङ चार बसपार्क छेउमा रहेको मन्दिर भित्रै रहेको जेष्ठ नागरिक बिश्रामस्थलमा आज एक कार्यक्रम गरि धाराको उद्घाटन गरिएको छ । लेटाङ नगरपालिकाका […]

३.७ प्रतिशत बालबालिका विद्यालय बाहिर

सुरुङ्गा, झापा, ४ वैशाख (रासस) ः ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर शुरु भएको छ । वैशाख २ गतेदेखि शुरु भएको भर्ना अभियानअन्तर्गत विद्यालय बाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पहँुचमा ल्याउने सरकारको लक्ष्य छ । देशभर विद्यालय उमेर समूहका प्राथमिक तह (५–९ वर्ष उमेर समूह) […]

चौँरी महोत्सव सम्पन्न

पाँचथर, ४ वैशाख । नयाँ वर्षको अवसर पारेर फालेलुङ गाउँपालिकाको चाररातेमा दोस्रो पल्ट सञ्चालन गरिएको चौँरी महोत्सव सम्पन्न भएको छ । महोत्सवमा सयौँ चौँरी तथा घिउ, छुर्पीलगायत चौँरीजन्य सामग्रीको प्रदर्शन गरिएको छ । महोत्सवको प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले उद्घाटन गर्दै महोत्सवले संकटमा पर्न लागेको चौँरीपालन पेशाको संरक्षण संवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । फालेलुङ–४ चाररातेमा आयोजित […]

साजनको हत्यामा संलग्न थप दुई पक्राउ

सुरुङ्गा, झापा, ४ वैशाख । बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–५ निवासी २१ वर्षीय मामा भान्जा भनिने सुरज चौधरी र बिर्तामोड–३ का २२ वर्षीय राहुल भनिने राजेश साह रहेका छन् । उनीहरुलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ