शहरी स्वास्थ्य क्लिनिकको उद्घाटन

Letang Khabar सोमबार, जेठ ०७, २०७५

प्रशान्त निरौला ।
लेटाङ ७ जेष्ठ । लेटाङ ८ ज्यामिरेमा शहरी स्वास्थ्य क्लिनिको आज एक कार्यक्रम गरि उद्घाटन गरिएको छ । क्लिनिकमा एक सिएमए र अनमिको दरबन्दी सहित क्लिनिकमा विरामीको जाँच तथा उपचार प्रारम्भ गरिएको हो ।
शहरी स्वास्थ्य क्लिनिकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लेटाङ नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी शंकर राईले स्वास्थ सबै भन्दा ठूलो धन भएकाले सबै मानिसले स्वास्थ्य उपचार पाउनु पर्ने बताए । लेटाङ नगरपालिकाका केही क्षेत्र कर्णालीका बिकट क्षेत्र जस्तै पछि भएकाले विकासका काम गर्नका लागि केन्द्रीय सरकार देखिलेनै सहयोग गर्नुपर्ने बताए ।
नगरपालिकामा शहरी स्वास्थ्य क्लिनिकको अवधारणा ल्याउदा भवन बनाउने जग्गाको खोजी समेत भएकोले सो का लागि दातालाई सहयोग गर्न समेत आग्रह गरे ।
स्वास्थ मानिसहरुको समुहले मात्र समाजलाई गति दिन सक्ने भएकाले सबै मानिसको पहुछ भित्र स्वास्थलाई पुर्याउने उदेश्यले यो काम सुरु गरेको नगरप्रमुख राईले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य ईन्द्र माबोहाङ , महाधिवेशन प्रतिनिधि नन्दिप्रसाद खतिवडा लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम लेटाङ नगरपालिका ८ का वडा अध्यक्ष भिम पोख्रेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ