जनता संग प्रहरी कार्यक्रम अन्तर्गत घरघरमा स्टीकर टास्ने अभियान सुरु

Letang Khabar बुधबार, जेठ १६, २०७५

प्रशान्त निरौला
लेटाङ १६ जेष्ठ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयवाट सञ्चालित जनता संग प्रहरी कार्यक्रम अन्तर्गत नागरिक सूचना र सुरक्षाका लागि घरघरमा स्टीकर टास्ने अभियान आज वाट लेटाङ नगरपालिका ८ मा सुरु भएको छ ।
प्रदेश नं. १ अन्तर्गत सवै जिल्लाका स्थानिय नागरिकहरुलाई कुनै पनि प्रकारको असुरक्षाजन्य गतिविधिप्रति सचेत गराई शंकास्पद चिजवस्तु वा क्रियाकलाप थाहा पाएमा वा जानकारी भएमा वा आफुलाई सुरक्षा सम्वन्धी समस्या भएमा वा महिला हिंसा भएमा तत्काल प्रहरीलाई खवर गर्ने प्रवृतीको विकास गरी नागरिकको सुरक्षामा खटिने प्रहरीलाई पनि आफ्नो काम प्रति चुस्त ,ईमान्दार जिम्मेवार वनाउदै आमनागरिकलाई सुरक्षाको थप अनुभुति दिलाई यस प्रदेशको समग्र शान्ति सुरक्षालाई अझ प्रभावकारी वनाउन आवश्यक भएकाले यो अभियान सुरु गरिएको अस्थाई प्रहरी चौकी लेटाङ ९ जाँतेका ईन्चार्ज रवि राईले जानकारी दिए । अझै पनि प्रहरीलाई सुचना सम्प्रेषण गर्न अप्ठयारो मान्ने समस्या देखीएको र कुनै पनि घट्ना हुँदा तत्काल खवर गर्न नसकीरहेको अवस्थामा यो कार्यक्रमले उक्त समस्या न्युनिकरण गर्ने ईन्चार्ज राईले वताए ।

लेटाङ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानिय बुद्धीजिवी, समाजसेवी, तथा राजनितिकर्मी र स्थानियको उपस्थिती रहेको थियो । प्रमुख अतिथीको मन्तव्य राख्दै अध्यक्ष पोख्रेलले जनताको सुरक्षाका लागि ल्याएको कार्यक्रम जनमुखी रहेको र जनतालाई प्रहरी समक्ष पुग्न सजिलो हुने विश्वास व्यक्त गरे । शान्तिसुरक्षा कायम गर्नका लागि प्रहरीलाई तत्काल खवर गर्न जरुरी रहेको उल्लेख गर्दै घरघरमा स्टिकर टाँस गर्ने कार्यक्रमले जनतालाई सजिलो संग प्रहरीलाई सुचना पुर्याउन सरल हुने धारणा राखे । अपराधका घट्नाको सुचना दिएको आरोपमा समाजमा विभिन्न लान्छाना लाग्ने कार्य समेत हुने र यो कार्यक्रमले कम हुने उनको भनाई थियो । प्रहरीलाई सुचना दिदा छिमेकीमा नै सम्वन्ध विग्रीरहेको अवस्थाको समाधान यस कार्यक्रमवाट हुने विश्वास व्यक्त गरे ।
आफ्नो मन्तव्यका क्रममा अध्यक्ष पोख्रेलले ८ नंम्बर वडाका ९० प्रतिशत योजनाहरु समापन भएका र अन्तिम केही योजनाहरु अवको हप्ता भित्र सकिने समेत जानकरी दिए । उनले आगामी आर्थीक वर्षमा लेटाङ ८ लाई निशुल्क ईन्टरनेटको सुविधा दिने समेत घोषणा गरे । अध्यक्ष पोख्रेलले लेटाङ ८ का विभिन्न स्थानमा फ्री वाईफाई जडान गरिदिने वताए ।


कार्यक्रममा लेटाङ ८ वजारका केही घरमा स्टिकर टाँस गरेर औपचारिक रुपमा कार्यक्रमको सुरुवात समेत गरिएको छ । लेटाङ ८ का वडा अध्यक्ष पोख्रेलले वडा कार्यलयको भित्तामा स्टिकर टाँसेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।
७ सय घरधुरीमा पन्ध्रदिन भित्रमा स्टिकर टासिसक्ने प्रहरीले जानकारी दिएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ