वडा नं ७ को परियोजनाको नगरप्रमुखद्धारा अनुगमन

Letang Khabar आइतबार, जेठ १३, २०७५

प्रशान्त निरौला
लेटाङ १४ जेष्ठ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राई सहितको अनुगमन टोलीले लेटाङ ७ वारंगीमा नगरपलिकाकाले सञ्चालन गरिरहेका विभिन्न परियोजनाको अनुगमन गरेको छ ।
बुधवार र विहिवार २ दिन सम्म ७ नंम्बर वडामा सञ्चालित परियोजनाको अनुगमन गरिएको हो । लेटाङ नगरप्रमुख शंकर राई , वडा अध्यक्ष नगेन्द्र लिम्बु, नगरपालिकाका प्रमुख प्रसाकिय अधिकृत हरिप्रसाद चपागाँई , शिक्षा शाखाका शिक्षा सहायक कृष्ण घिमिरे , नगरपालिकाका नायवसुव्वा हेमचन्द्र निरौला , प्राविधिक शाखा प्रमुख ईन्जिनियर भानुभक्त राई र सहायक ईन्जिनियर अशेष श्रेष्ठ लगायतको टोलीले अनुगमन तथा निरिक्षण गरेको हो ।
लेटाङ ७ मा रहेका २५ वटा परियोजना मध्ये वाँकी रहेका अन्तिम ५ वटा परियोजनाको अनुगमन गरिएको हो । लक्ष्मी मावि ग्राउण्ड मर्मत संभार , फुर्केटारको लागि पिको हाइड्रो पावर पोल खरिद , महेन्द्र मावि भवन मर्मत , वडा नं. ७ विद्युत विस्तार , डाँडाटोल खानेपानी मर्मत परियोजनाको अनुगमन भएको हो ।
२५ वटा परियोजना मध्ये ५ वटा योजना सम्पन्न हुनका लागि अन्तिम चरणमा पुगेको र वाँकी २० वटा योजना सम्पन्न भई भुक्तानी समेत भईसकेको वडा नंम्बर ७ का वडा अध्यक्ष नगेन्द्रकुमार लिम्बुले जानकारी दिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ