हत्यारा बालकृष्ण ढुंगेल रिहाबारे काँग्रेसले भन्यो –विधिको शासनको खिल्ली उडाइयो

Letang Khabar मंगलबार, जेठ १५, २०७५

 

काठमाडौं जेठ १५ । द्धन्द्धकालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको आरोपमा दोषी ठहर भएपछि राजधानीको डिल्लीबजार कारागारमा आजीवन जेल सजाय भोगिरहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई सरकारले रिहा गरेपछि काँग्रेसले गम्भीर आपत्ति जनाएको छ ।

अदालतमा रिहा गर्न हुने नहुने मुद्धामा बहस भइरहेका अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेललाई गणतन्त्र दिवसका नाममा माफी दिएकी हुन् ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘द्धन्द्धकालीन घटना नभइ अदालतबाट हत्यारा नै प्रमाणित भएका अवस्थामा अदालतले नै सरकारले माफी दिन नमिल्ने गरी भएको फैसलालाई उल्टाएर माफी दिनु विधिको शासनको खिल्ली उडाइएको हो, यो सहनयोग्य छैन ।’

प्रवक्ता शर्माले सरकारले शक्ति पृथकीकरणको सिद्धान्तलाई समेत ख्याल नगरी न्यायपालिकामाथि ठाडो हस्तक्षेप गरेको बताए । उनले भने, ‘यो विषय गम्भीर हो, यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।’

उनले ‘यसअघि नेपाली काँग्रेसको सरकारका पालामा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउनेबारे संविधानले नै दिएको विषय भएको यद्यपि महाअभियोग लगाउने नलगाउने विषयमा बहस चल्न सक्छ, त्यो संविधानभित्र थियो, ढुंगेल काण्ड त अदालतमाथि सीधै प्रहार हो’ भने ।

सर्वोच्च अदालतले कुनै पुनरावलोकन नहुने गरी कर्तव्य ज्यानमुद्धामा दिल्लीबजार कारागारमा रहेका ढुंगेललाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा ढुंगेललाई माफी गरेकी हुन् ।

४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएका कैदीको बाँकी कैद माफी हुने प्रवाधानअनुसार सरकारले ढुंगेललाई बाँकी कैद मिनाहाका लागि सिफारिस गरेको थियो ।

तर यसअघि पनि जेलमा बसेका ढुंगेल असल चालचलनको नभइ भागेका ब्यक्ति पनि हुन् ।

ढुंगेलको कैद सजाय माफी हुन लागेको समाचार सार्वजनिक भएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले सोमवार त्यससम्बन्धी फाइल झिकाउने आदेश दिएकै दिन राष्ट्रपतिबाट उनको बाँकी कैद मिनाहा गर्ने निर्णय भएको थियो ।

ढुंगेलको मुद्दा हेर्दाहेर्दैमा छ । मंगलबार पनि सर्वोच्चमा सुनुवाई हुँदैछ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ