
प्रशान्त निरौला लेटाङ १९ असार । लेटाङ नगरपालिका ३ मा त्रिसुली वाख्रा वजारको भवन निर्माण गरि उद्घाटन गरिएको छ । लेटाङ नगरपालिका ३ त्रिसुली चौकमा रहेका पशुहाटमाटमा पशुसेवा विभागको सहयोगमा सञ्चालित उक्त भवनको एक कार्यक्रमका विच लेटाङ नगरपालिकाका ३ का वडा अध्यक्ष देवराज चाम्लिङ तथा वडा नम्बर ४ का वडा अध्यक्ष सन्तोष कार्कीले संयुक्त रुपमा […]
लेटाङ १५ असार । लेटाङ नगरपालिकाले कामहरु चुस्त दुरुस्त राख्न भन्दै सिसिटिभी जडान गरेको छ । लेटाङ नगरपालिकाको कार्यलय तथा ९ वटै वडा भित्रका गतिविधिहरुको अवलोकन सहित सेवाप्रदायकहरुले सेवा लिन आएका मानिसहरुलाई कसरी काम गरिरहेको छन् भनेर दैनिक हेरिने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिए । लेटाङ नगरपालिकाका प्रमुख शंकर राई र प्रमुख प्रसासकिय […]
प्रशान्त निरौला । लेटाङ १४ असार ।लेटाङ नगरपालिका वडा नंबर ३ को आयोजनामा कृर्षी तथा पशुपालन व्यवसायमा संलग्न किसानहरुका विचमा अन्तरक्रीया सम्पन्न भएको छ । आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा मोरङ वचतको सभाहलमा कार्यक्रमको आयोजना भएको हो । लेटाङ नगरपालिका ३ का अगुवा कृषकहरुलाई कृषी तथा पशुपालन सम्बन्धी अन्तरक्रिया गरिएको लेटाङ नगरपालिका […]
काठमाडौं १४ असार । धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ । बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४।५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो । भूकम्पको क्षतिको विवरण भने आएको […]
महिलालाई अश्लिल गाली गर्ने गुरमेहता पक्राऊ मनोज भुजेल इटहरी । महिलालाई अश्लिल गाली र ज्यान मार्ने धम्की दिने मेनपावर व्यवसायी बिरेन्द्रकुमार गुरमेहतालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सोमबार राती इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । मोरङको सुन्दरहरैचा नगरपालिका ५ बस्ने राधिका दाहाललाई गुरमेहताले लेनदेनको बिषयमा अपशब्द प्रयोग गदै मार्ने धम्की दिएका थिए […]
सुशिला पाठक असार १२ आइतवार , मोरंगको सुन्दरहरैचा नगरपालिकाले आर्थिक ब र्ष २०७५, ०७६ का लागी ७९ करोड ११ लाख ६३ हजारको अनुमानित वजेट सार्बजनिक गरेको छ । नगरपालिकाकी उपमेयर धना तामांगले बिशेष समारोहका बिच आयव्ययको वजेट प्रस्तुत गरेकी हुन । आयतर्फ आन्तरिक आयवाट ७ करोड ५० लाख वितिय समानिकरणवाट १९ करोड ४१ लाख […]
रतुवामाई, १२ असार । मोरङको रतुुवामाई नगरपालिकाले आर्थिक वर्ष २०७५–०७६ का लागि ६० करोड ३५ लाख ५३ हजारको अनुुमानित बजेट प्रस्तुत गरेको छ । चालुु आर्थिक वर्षका लागि नगरपालिकाकी उपप्रमुुख दयन्तदेवी चुुडालले बजेट प्रस्तुुत गरिन् । बजेटको कुल आम्दानीतर्फ वित्तीय समीकरण अनुुदान १५ करोड ७५ लाख, सशर्त अनुुदान १८ करोड ९२ लाख, आन्तरिक स्रोतबाट […]
पथरीशनिश्चरे, १२ असार । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५र७६ का लागि ६० करोड २९ लाख २७ हजार रुपैयाँको अनुमानित वजेट प्रस्तुत गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आज भएको तेस्रो नगरसभामा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नीति, कार्यक्रम सहितको सो वजेट प्रस्तुत गर्नुभएको हो । जसमा, नगरले आफ्नो हिसावले खर्च गर्न नपाउने […]
विराटनगर, १२ असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५र०७६ का लागि ४ अर्व ४७ करोडको वजेट प्रस्तुत गरेको छ । वजेटले भौतिक पूर्वाधार विकासलाई बढी प्राथमिकता दिएको छ । प्रस्तुत बजेटको ७२ दशमलव ७१ प्रतिशत वजेट भौतिक पूर्वाधारका लागि छुट्याईएको छ । सामाजिक विकास, महिला तथा बालबालिका, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपंक्षि कार्यक्रमका लागि […]
लेटाङ १२ असार । लेटाङ नगरपालिका वडा नं ९ अन्तर्गत रहेको विहानी मार्ग-१ छोटो अवधिमा मर्मत तथा सुधार कार्य सम्पन्न भएको छ । वडाले मर्मतका लागि बजेट विनियोजन नगरेपछि त्यस टोलका उपाध्यक्ष तथा विहानी मार्ग निमार्ण समितिका अध्यक्ष रेखबहादुर बोहोराको विशेष पहलमा नगरका मेयर शंकर राईले सो मार्ग मर्मतका लागि ३ लाख रुपैया विनियोजन गरेपछि […]