उर्लाबारी, १७ साउन ।मोरङ क्षेत्र नम्बर १ का सांसद् घनश्याम खतिवडा संघीय संस्दको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्यमा चयन हुनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले पारित गरेसँगै खतिवडा सदस्यमा चयन हुनु भएको हो । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको आज गठन भएको हो