बुढा रूखले राजमार्गमा जोखिम बढ्दो

Letang Khabar सोमबार, साउन १४, २०७५

अर्जुन काफ्ले
पथरी, १४  साउन । मोरङको पूर्व पश्चिम राजमार्ग किनारमा रहेका सुकेका रूखका कारण राजमार्गमा चल्ने सवारी साधन र पैदल यात्रु दुर्घटनाको जोखिममा रहेको पाइएको छ।

पथरीशनिश्चरे नगरपालिकाको पथरी बजार पूर्वपट्टीको सुन्दर सामुदायिक वन र चौतारी सामुदायिक वनको सीमादेखि जयचौक नयाँ मंगलबारे सडकको दक्षिण पट्टिको लगभग १ किलोमिटर सडकमा रहेका सुकेका बुढा रूखले दैनिक आवतजावत गर्ने सवारी साधन र पैदल यात्री जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

सडकको बिच भागसम्म आईपुग्ने गरि सडकमा ढल्किएका सुकेका रुखहरू जुनसुकै बेला सडकमा लड्न सक्ने स्थानीय व्यापारीले बताए।

दैनिक यो सडक भएर सयौंको संख्यामा सवारीसाधन र मानिसहरू आवतजावत गर्ने भए पनि सम्बधित सडकको जोखिमको बारेमा सरोकारवाला पक्षले कुनै चासो नदिएको स्थानीय व्यवसायी अरूण राई बताउँछन्।

यो सडक भएर मोटरसाईकलमा यात्रा गर्दा उच्च जोखिम रहेको स्थानीय व्यवसायी दीपक राई बताउँछन्। सम्वन्धित निकायले यसबारे चासो दिनुपर्ने उनको धारणा छ।

यसैबीच वडा नम्बर २ का वडाअध्यक्ष यामप्रसाद गुरागाईले सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सुकेका रूख हटाउने बताए।

यता सडक डिभिजन कार्यालय विराटनगरका डिभिजन प्रमुख दिपेन्द्र कुमार चौधरीले आफूलाई यसबारे कुनै जानकारी नआएको बताए। तर जोखिम अवस्था भएका पुराना रूखहरू सडक डिभिजनको सहकार्यमा व्यवस्थापन गर्ने बताए।

source : setopati

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ