सरकार विरुद्ध मोरङ कांग्रेसको प्रदर्शनमा मानवसागर उर्लियो

Letang Khabar मंगलबार, साउन १५, २०७५

पसलपसलबाट जुलुसलाई व्यापारीको ताली
विराटनगर १५ साउन । विराटनगर, १५ साउन । नेकपा सरकारको जनविरोधी कार्यको विरोधमा मंगलबार कांग्रेसले विराटनगरमा मानवसागर उतारेको छ । कांग्रेस जिल्ला नेतृत्वले सभामा ५० हजार बढी कार्यकर्ता र शुभेच्छुकको सहभागिता रहेको दाबी गरेको छ । ठूलो मेहनतका साथ तयारी गरेको सभा उपलब्धिपूर्ण देखिएको थियो । विरोधसभा भनिएपछि कार्यक्रम भव्य र सभ्य थियो । जिल्लाका १७ वटै स्थानीय तहबाट कार्यकर्ता र शुभेच्छुक सहभागी थिए । १४ सूत्रीय माग राखेर आन्दोलनमा उत्रिएको कांग्रेसले ओली नेतृत्व सरकारले गरेका सबै निर्णय जनविरोधी रहेको आरोप लगाएको छ । हजारौं कार्यकर्ताको भीडले सहरी क्षेत्र करिब २ घन्टा अस्तव्यस्त भयो ।
महँगी र विभिन्न करका कारण आक्रान्त बनेका व्यापारीहरूले कांग्रेसको जुलुसलाई पसल–पसलबाट निस्केर तालीले समर्थन गरेका थिए । उनीहरूले ताती बजाएर कांग्रेसलाई हौस्याएका थिए ।


ट्राफिक जामले पैदल यात्रु र यातायातका साधनलाई आवातजावत गर्न कठिने थियो । सभामा कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले संख्यामा कमजोर रहे पनि कांग्रेसको पक्षमा जनता उभिएको बताए । डा रिजालले भने, “ओली सरकारको यो सामान्य विरोध हो र” यस्तै रवैया रहँदै गए कांग्रेस निर्णायक आन्दोलन गर्न बाध्य हुने रिजालले चेतावनी दिए ।
संविधान र कानुनको उल्लघंन गरे सरकारले अधिनायकवादको विरूद्धमा ठूलो आन्दोलन गरेर बहुमतको सरकारलाई ठेगान लगाउन सक्ने उनको दाबी छ । अर्का केन्द्रीय सदस्य अमृत अर्यालले संविधानको उल्लंघन गरेर सरकारले सभामुख र उपसभामुख राखेको आरोप लगाए । संविधानको धारा ९२ को उपधार २ को खिल्ली उडाएको अर्यालको आरोप थियो । सभामा कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला दिनानुदिन वलात्कारका घट्ना वृद्धी भईरहेको र सरकार रमिते वनेको प्रति आपत्ती जनाउनुभयो , आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले नेकपा सरकारको निरकुशशैली धेरै नटिक्ने वताए । कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बूले मनगढन्ते कुरा गरेर जनातालाई अनावश्यक दुख दिएको प्रति खेद प्रकट गर्नुभयो । नेता अशोक कोइराला, प्रदेशसभाका प्रमुख सचेतक केदार कार्की, तरूण दल मोरङका सभापति सञ्जय थापा, ट्रेड युनियन कांग्रेसका जिल्ला सभापति सुशील कोइरालाले सरकार अभिनायवादतर्फ उन्मुख भएकोले कांग्रेस जस्तोसुकै आन्दोलनको तयारीमा रहेको बताए ।
वीरेन्द्र सभागृहबाट सुुरु भएको ¥याली जिल्ला प्रशासन चौक, गोल्छा मोड, मेनरोड हुँदै जनआन्दोलनचोकमा पुगेर सभामा परिणत भएको थियो ।
ओली सरकारप्रति विभिन्न आरोप लगाएर कांग्रेस सडक संघर्षमा उत्रिएको हो । मूल्यवृद्धि, न्यायालय र संचार क्षेत्रमाथिको हस्तक्षेप, तरूण दल कार्यकर्तामाथि लगाइएको झुठा मुद्दा, ३२ हजार करार सेवामा कार्यरत कर्मचारीलाई अवकाश दिने निर्णय, ६५ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई मासिक भत्ता दिने निर्णय कटौती, कांग्रेसले जितेका स्थानीय तहमा विभेदपूर्ण बजेट विनियोजन, संघीय संसद र प्रदेशसभामा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाको बर्खिलाप गरेको कांग्रेसको ठहर छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ