भानुभक्त बने कानूनमन्त्री, पद्मा अर्यालको बढुवा

Letang Khabar शुक्रबार, साउन १८, २०७५

 

काठमाडौं ,१८ साउन । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसद भानुभक्त ढकाल कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री नियुक्त भएका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् ।

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि कानून मन्त्रालय मन्त्रीविहीन थियो ।

यस्तै राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । उनलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी भने संघीय समाजवादी फोरमका डा। सुरेन्द्र यादवले पाउने भएका छन् ।

मन्त्री राज्यमन्त्रीको सपथ साढे ४ बजे तय भएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ