विद्यार्थीहरुको निशुल्क आखाँ कान परिक्षण

लेटाङ, १२ फागुन । विध्यार्थीहरुलाई निशुल्क आखाँ तथा कान परिक्षण सुरु गरिएको छ । लेटाङ नगरपालिका र विराटनगर आखाँ अस्पतालको संयुक्त आयोजनामा लेटाङ नगरपालिका क्षेत्र भित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको आखाँ तथा कान परिक्षण गरिएको हो । आखाँ तथा कानमा समस्या भएका विद्यार्थीहरुलाई निशुल्क रुपमा उपचार गर्न सुरु गरिएको हो । आज लेटाङ ४ स्थित […]

आवधिक योेजना सम्बन्धी गोष्ठी सम्पन्न

लेटाङ, १० फागुन । लेटाङ नगरपालिकाले आवधिक योजना वनाउने उदेश्य सहित सुरु गरेको एक दिने गोष्ठी सम्पन्न गरेको छ । आज राष्टिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा अमेरिकाका लागि नेपालका पुर्व राजदुत डाक्टर शंकर शर्माको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष किसोर प्रधानको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा लेटाङ नगरपालिकालाई दिगो विकाका लागि […]

लेटाङमा कृषि मेला प्रदर्शनी, किसानहरु उत्साहित

मोरङ,  ७ फागुन । मोरङको लेटाङ नगरपालिकाले ब्यावसायिक कृषि उत्पादन गरिरहेका किसानहरूलाई प्रोत्साहन गर्न कृषि उत्पादन प्रदर्शनी कार्यक्रमको आयोजना गरेको छ । प्रदर्शनीमा नगरका ८५ जना ब्यवसायिक किसानले आफ्नो उत्पादन राखेका थिए । तरकारी, फलफूल, नगदेबाली, दलहन, मह विभिन्न सय प्रकारका कृषिबाली प्रदर्शनीमा राखिएको थियो । उत्तरी मोरङको लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०७७–०७८ को नीति […]

आज ७१ औँ प्रजातन्त्र दिवस

काठमान्डाै ७ फागुन ।  नेपालमा आज (शुक्रबार) ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । एकतन्त्रीय जहानियाँ राणा शासनको अन्त्य गरेर मुलुकले प्रजातन्त्र प्राप्त गरेको दिन प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ । आजको दिनलाई विक्रम संवत २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनलाई परास्त गर्दै प्रजातन्त्र स्थापना भएको सम्झना गरिन्छ । यसदिन मुलुकभर […]

दाहाल–नेपाल समूह :आधिकारीकता दावी गर्न विवरणसहित निर्वाचन आयोग जाँदै

काठमाडौं ७ फाल्गुन । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूह बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने भएको छ । निर्वाचन आयोगले आधिकारीकताको निर्णय गर्न आलटाल गरेपछि दाहाल–नेपाल समूह आफू पक्षका केन्द्रीय सदस्यहरुको बहुमत रहेको भन्दै आज आयोग जान लागेको हो । त्यसका लागि सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ। दुवै समूहले […]

बगुवामा भलिबल सम्पन्न

लेटाङ, १७ माघ । नगर स्तरिय भलिबल प्रतोयोगितामा आयोजक त्रिबेणि युवा क्लब बगुवा बिजय भएको छ । भगवती युवा क्लब भोगटेनीलाई सोझो सेटमा आयोजकले जित हासिल गरेको हो । १२ टिमको सहभागिता भएको खेलमा आयोजकले उपाधी कब्जा गरेको हो । जित संगै नगद ३० हजार सहित ट्रफी जित हासिल गरेको छ । दोश्रो हुने टिम […]

सूक्ष्म योजना अध्याबधिक गोष्ठी सम्पन्न

लेटाङ, १४ माघ । सूक्ष्म योजना अध्यावधिक गोष्ठी लेटाङ नगरपालिकाले सम्पन्न गरेको छ । नगरपालिका स्तरिय पुर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि २ दिन सम्म गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा लेटाङ नगरपालिका भित्र काम गर्ने स्वास्थ्यकर्मिहरुको सहभागितामा कार्यक्रम भएको थियो । मेयर शंकर राईले बालबालिकाको खोप लगाउने अधिकार भएकोले जस्तो अवस्थामा भएपनी बालबालिकालाई खोप […]

लेटाङका मेयर राई द्वारा माघे संक्रान्ति लगायतका चाडपर्वहरुको शुभकामना

लेटाङ, १ माघ । माघे संक्रान्ती,मकर संक्रान्ती,घ्यु चाकु खाने दिन, उत्तारायण आरम्भ , मकर स्नान आरम्भ, तोल ल्होसार,रास्ट्रीय योग दिवश तथा पुस शुक्ला प्रतिपदाको उपलक्ष्यमा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सबै नेपालीहरुलाई शुभकामना दिनुभएको छ । देशमा भइरहेको राजनीतिक हलचललाई यि चाडपर्वले सहि दिशा निर्देश गर्न सकुन भनी कामना गर्नुभयो । कोभिड १९ संक्रमणले विश्व […]

मेयरद्धारा आज मनाईने चाडहरुको शुभकामना

लेटाङ १५ पुस । तमु ल्होसार , उधौली पर्व ,योमरी पुन्हि,धान्य पूर्णिमा र ज्यापु दिवशको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले शुभकामना दिनुभएको छ । गुरुङ समुदायले मनाउने तमु ल्होसार , किरातहरुको महान पर्व उधौली ,नेवार समुदायले मनाउने योमरि पुन्हि,नेवारहरुले नै मनाउने ज्यापु दिवस र धान्य पुर्णिमाको शुभकामना दिनुभएको हो । हाल देशमा भईरहेको जटिल समस्याको […]

मुख्यमन्त्री राईद्वारा उधौली, तमु ल्होसार, धान्यपूर्णिमा र यःमरी पुन्हीको शुभकामना

मोरङ, १५ पुस ।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किराँत समुदायको महान् चाड उधौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर), कुलुङहरुको (मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर), गुरुङ जातिको तमु ल्होसार, धान्यपूर्णिमा र यःमरी पुन्ही २०७७ को अवसरमा आज यहाँ शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देश जारी गर्दै यहाँ मनाउने उधौली, चाक्चाकुर, तमु ल्होसार, […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ