मुक्तककार नवराज पोखरेलको नवशिलामाथि परिचर्चा

News सोमबार, आषाढ १७, २०८१

बेलबारी, मोरङका स्रष्टा नवराज पोखरेलको मुक्तक कृति नवशिलाको परिचर्चा भएको छ। बेलबारी साहित्य विकास समिति, बेलबारी मोरङले आयोजना गरेको उक्त कार्यक्रम बेलबारी बहुमुखी क्याम्पसमा एक समारोह बिच भव्य रूपमा आयोजना गरिएको थियो।

स्रष्टा पोखरेलको उक्त कृति नवशिला २०८० साल फागुन १९ गते हामी र हाम्रो कृति समाजको संयोजनमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानमा लोकार्पण भएको थियो।

उक्त कृति लोकार्पण भएको ४ महिनापछि आफ्नो गृह नगरमा परिचर्चा कार्यक्रमको आयोजना भएको हो। बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राइको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको सभापतित्व रहेको थियो।

कार्यक्रममा जनगायिका तथा संविधान सभा सदस्य मधु गुरुङ, वरिष्ठ साहित्यकार हर्कमान तामाङ, नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ विवश पोखरेल, वरिष्ठ कवि नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, साहित्यकार तथा भाषाविद् आचार्य अमृत, पत्रकार अनुसन्धाता साहित्यकार केशु विरही, प्रगतिशील लेखक संघकी कोसी प्रदेश अध्यक्ष तिला लेकाली, साहित्यकार इरान राई, बेलबारी प्रज्ञाप्रतिष्ठानका अध्यक्ष रेखा सुवेदी, साहित्यकार समीक्षक भवानीप्रसाद पोखरेल, कृतिकारका मातापिता दुर्गादेवी पोखरेल तथा लक्ष्मीप्रसाद पोखरेल, कण लघुकथा मञ्चका अध्यक्ष दिप मग्राती, कृतिका प्रकाशक तथा कृतिकारकी श्रीमती शिला पोखरेल, पत्रकार अर्जुन कुलुङ राई, निरज खवास लगायतका स्रष्टा तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए भने बेलबारी साहित्य विकास समितिका सहसचिव राजु परियारले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा पत्रकार साहित्यकार तथा अनुसन्धाता केशु विरहीले स्रष्टा पोखरेलको व्यक्तिगत परिचयसहित नवशिला कृति रचना गर्भबारे स्पस्ट पारेका थिए।

प्राज्ञ विवश पोखरेल तथा वरिष्ठ कवि नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेश अध्यक्ष बाबुराम पोखरेलले कृतिबारे चर्चा गरेका थिए। उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, साहित्यकार तथा भाषाविद् आचार्य अमृत, तिला लेकाली, भवानीप्रसाद पोखरेल लगायत स्रष्टाहरूले कृतिकारलाइ शुभकामना दिंदै रचना वाचन गरेका थिए।

कृतिकारकी छोरी नीकिशारानी पोखरेल, मुक्तककार एकराज भट्टराई, दिप मग्राती, सुन्दर भट्ट लगायत स्रष्टाहरूले नवशिला कृतिका केही मुक्तक समेत वाचन गरेका थिए।

कार्यक्रममा स्रष्टा नवराज पोखरेलले सबै उपस्थित व्यक्तिहरूलाई धन्यवाद दिंदै आफूलाई परिष्कृत र परिमार्जित गर्दै अघि बढ्ने बताए।

प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले स्रष्टाले रचना सिर्जना गर्दा परिवर्तनसँगै सामाजिक परिवेशलाई ध्यान दिंदै सबैलाई जुटाउने सिर्जना गर्न आग्रह गरेका थिए।

कार्यक्रमको समापनमा सस्थाका अध्यक्ष रमेश निरौलाले यस प्रकारका चर्चा कार्यक्रमले स्रष्टालाई स्थानीय स्तर चिनाउनुका साथै आगामी कृति प्रकाशन गर्दा आफूलाई अझ निखारेर लेख्न सक्ने धारणा व्यक्त गर्दै सबै उपस्थित व्यक्तित्वहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

संस्थाका सदस्यद्वय उमा सिजापती तथा शिव सहयात्रीले सञ्चालन गरेकाे कार्यक्रमलाई सहयोग गर्ने माता पाथिभरा पोल्ट्री सप्लायर्स तथा सुनगाभा फिड प्रालिका निर्देशक सन्तोष नेउपाने तथा प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुखलाई कार्यक्रमका सभाध्यक्ष तथा स्रष्टाद्वयले मायाको चिनो हस्तान्तरण गरेका थिए।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ