बेलायतमा धूमधामका साथ साकेला मनाइयो

News सोमबार, आषाढ १७, २०८१

किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको महान् चाड साकेला उँभौली धिरिनाम (ईस्वी संवत् २०२४/यले सम्बत ५०८४/विक्रम सम्बत २०८१) भव्य रूपमा आइतबार किरात राई हाउस ग्याम्बल लेनमा बृहत सांस्कृतिक समारोहको आयोजना गरी धूमधामका साथ साकेला मनाएको छ।
उक्त कार्यक्रममा चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपाल ज्यूले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने किराया बेलायतका अध्यक्ष रि. मेजर योगेश कोयी राई ज्यू को प्रमुख आतिथ्यतासंगै पुमा, बान्तवा तगायतका बिभिन्न भाषिक सॅस्थाहरुको उपस्थितीमा सो कार्यक्रमलाई माहासचिव राजेन रामजङ राई ज्यूले संचालन गर्नु भएको थियो।

वर्षेनी पित्री,प्रकृती र हुईलुङ पुजा गर्दै बिभिन्न प्रकारको सिल्लि टिप्दै बडो गर्बको साथ साकेला नाचिने उक्त कार्यक्रममा सम्पुर्ण वैतुङ दाजुभाई, दिदि वहिनी, छोरीचेली, जुवाई चेला हरु लगायत सबै पाछाको पाछागत उपस्थिती रहेको थियो ।

प्राचिन सिलीहरूको जगेर्णा गर्दै जानको लागी मछामा (साय) सिली , पारूहॉङ् (खुट्टे) सिली , नाईमा (हाते) सिली , खासिमा (झींगा) सिली , वापा/वामा (भाले/पोथी) सिली , तावा (मयूर) सिली , कावा (गंगटा) सिली , काछुपा (बॉदर) सिली , बेसारा सिली, सिकी/सिप (तान बुन्ने) सिली , चासुम (अन्नपात) सिलीहरूमा धित मरुन्जेल नाचेर ब्यबहारिक रुपमा नयॉ पुस्तालाई हस्तान्तरण गर्ने प्रयास रहेको कुरा किरात राई चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपाल ज्यूले बताउदै कार्यक्रमको समापन गर्नु भयो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ