फुर्केटारका ४४ घरधुरी अन्धकारमा : पिको हाईड्रोपावर विग्रिएपछि समस्या

प्रशान्त निरौला शनिबार, आषाढ २९, २०८१

लेटाङ, २९ असार । मोरङको लेटाङ नगरपालिका वडा नं‍ ७ स्थित फुर्केटारमा सञ्चालित पिको हाईड्रोपावर बिग्रिएपछि त्यहाँका ४४ घरधुरी अन्धकारमा बसिरहेका छन्।
स्थानिय ताक्चुवा खोलावाट १० किलोवाट क्षमताको यो हाईड्रोपावर वि.सं. २०७४ सालदेखि सञ्चालनमा आएको थियो। तर, एक महिना अघि टरवाईनमा आएको खरावीका कारण यो हाईड्रोपावरले विद्युत् उत्पादन गर्न सकेको छैन।
यो समस्या समाधान गर्न हालसम्म कुनै पहल नहुँदा स्थानियवासीहरू निकै प्रभावित भएका छन्। बिजुलीको अभावमा रातमा अन्धकार हुने मात्र नभई घरायसी कामकाजमा पनि कठिनाइ उत्पन्न भएको छ।
स्थानियवासीहरुले लेटाङ नगरपालिकासँग हाईड्रोपावरको मर्मतका लागि पहल गर्न आग्रह गरेका छन्। उनीहरूले नगरपालिकालाई यस विषयमा चासो व्यक्त गर्दै छिटोभन्दा छिटो मर्मत कार्य गरिदिन माग गरेका छन्।
हाईड्रोपावर मर्मतको लागि आवश्यक प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउन सकेमा पुनः विद्युत् आपूर्ति सुचारु गर्न सकिने बताइएको छ। यसले स्थानियवासीहरूको दैनिक जीवनमा सहजता ल्याउने र उनीहरूको समस्याको समाधान गर्ने आशा गरिएको छ।
लेटाङ नगरपालिका र सम्बन्धित निकायले तत्कालै आवश्यक कदम चालेर फुर्केटारका घरधुरीलाई पुनः उज्यालोमा फर्काउन पहल गर्ने अपेक्षा राखिएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ