कोशी प्रदेशमा तामाङ चलचित्र संघका नयाँ पदाधिकारीहरुको सपथ ग्रहण

इनेपालपत्र शनिबार, आषाढ २९, २०८१

धरान, ३० असार । तामाङ चलचित्र संघको कोशी प्रदेश शाखाका पदाधिकारीहरुले शनिबार धरानमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। गत फागुनमा भिम लामाको अध्यक्षतामा गठन भएको यस शाखालाई चार महिनापछि पूर्णता दिइएको हो।
कार्यक्रमका प्रमुख अतिथि तामाङ चलचित्र संघ केन्द्रिय कार्यवाहक अध्यक्ष दीपक लामाले पदाधिकारीहरुलाई सपथ गराए। नवगठित समितिमा भिम लामा अध्यक्ष, अनुप योन्जन प्रथम उपाध्यक्ष, मोहन लोप्चन दोस्रो उपाध्यक्ष, शान्ती पाख्रीन महासचिव, स्मृति तामाङ कोषाध्यक्ष र अन्य सदस्यहरु रहेका छन्।
दीपक लामाले तामाङ चलचित्रको बजार विस्तार गर्न कोशी प्रदेशका १४ वटै जिल्लामा शाखा स्थापना गर्न निर्देशन दिए। कार्यक्रमका विशिष्ट अतिथि नेपाल तामाङ घेदुङ संघका अध्यक्ष रेखा बहादुर तामाङले तामाङ भाषाको चलचित्र निर्माणमा गहिरो अध्ययनको आवश्यकता औल्याए।
नेपाल चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण कुमार प्रधानले नवगठित समितिलाई बधाई र शुभकामना दिँदै, जातीय चलचित्र निर्माणमा भाषाको ज्ञान महत्त्वपूर्ण रहेको बताए।
सभापति तथा नवनिर्वाचित अध्यक्ष भिम लामाले कोशी प्रदेशका १४ जिल्लामा शाखा विस्तार गर्ने प्रतिबद्धता जनाए।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ