
लेटाङ ३ मंसिर । मानवधर्म सेवा समिति लेटाङको आयोजनामा श्री गणेश पूराण ज्ञान महायज्ञ तथा धान्याञ्चल २०७५ हुने भएको छ । प्रदेश नं. १ नेपालको लेटाङमा ब्रम्हज्ञान विश्वविद्यालयको रुपमा निर्माणाधिन श्री हंसज्ञान आश्रम भवन निर्माणकार्य सकिने चरणमा पूगेको र केही रकम अपूग हुने भएकाले पूराणवाट संकलित रकम सहयोग हुने आयोजकले जनाएको छ ।
लेटाङ मोरङ ३० कात्तिक । राष्ट्रिय गौरवको प्रस्तावित मदन भण्डारी लोकमार्ग अन्तरगत मोरङको लेटाङ नगरपालिका खण्डमा पर्ने सडकको रेखाङ्कनका विषयमा भएको विवाद समाधान भएको छ । नगर प्रमुख शंकर राईले सडक नयाँ स्थानमा सर्भे गरिएको ठाउँबाट सडक निर्माण गर्न माग गर्दै आएका उपभोक्ताहरू सँग शुक्रबार कार्यपालिका बैठक स्थगित गरी वार्ता गरेपछि विवाद समाधान भएको हो […]
भोजपुर । भोजपुर सदरमुकामको जिल्ला प्रहरी कार्यालय नजिकै एक घरमा आगलागी हुँदा कुल १४ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमालको क्षति भएको छ । भोजपुर नगरपालिका ७ बस्ने गोविन्द सुन्दासको घरमा विद्युत सर्ट भई आगलागी हुँदा कुल १४ लाख ५० हजारको मूल्य बराबरको धनमालको क्षति भएको हो । घरको बीच तलामा विद्युतको तार सर्ट […]
मणिराम दाहाल सुन्दरहरैंचा । मोरङ सुन्दरहरैंचाको विराटचोकमा नेपाल बैंक लिमिटेडले ८२ औं बार्षिक उत्सवको अवसरमा शाखा विस्तार गरि आफ्नो बैंकिङ कारोवारलाई शुक्रवार देखी अघि बढाएको छ । नेपाल बैंक शाखाको समुद्घाटन प्रदेश सभा सदस्य राजकुमार ओमmाले गरेका थिए । उनले कार्यक्रमलाई सम्बोधन गदै नेपाल बैंक लिमिटेडले सरल तथा सहज रुपमा ग्राहकहरुलाई सेवा सुविधा प्रदान गरेर […]
पथरी शनिश्चरे, ३० कार्तिक। मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका कृषकहरुलाई सुलभ रुपमा उन्नत खेती गर्न आधुनिक उपकरण भित्र्याउने क्रममा आज हसन्दह क्षेत्रमा धान काट्ने मेसिनको प्रयोग प्रदर्शन भएको छ । नगरपालिकाको कृषि शाखामार्फत यस आर्थिक वर्षमा नगरका २ वटा कृषक समूहलाई ५० प्रतिशत अनुदानमा पावर टिलर सहितको धान काट्ने मेसिन ९रिपर० प्रदान गर्ने क्रममा मेसिनले धान […]
प्रशान्त निरौला लेटाङ ३० कार्तिक । नमुना सामुदायिक वन उपभोक्ता समुहको १८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको आफ्नै भवनमा विहिवार सम्पन्न भएको साधारण सभामा संस्थाका वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो । कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा वोल्दै लेटाङ नगरप्रमुख राईले नगरपालिका क्षेत्रभित्र रहेका […]
काठमाडौं, २८ कात्तिक। दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन मंसिर ७ गतेदेखि खुल्ने भएको छ। यातायात व्यवस्था विभागले दसैँको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो। नयाँ आवेदन अझै बन्द भए पनि रिट्रायल भने दसैं विदा सकिए पछि सुचारु रहेको यातायात व्यवस्था विभागका […]
काठमाडौँ, कात्तिक २८ गते । आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो । उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती र लेटाङ नगरपालिकामा रहेको चिसाङ खोला किनार लगायत अन्य स्थानमा […]
२८ कार्तिक २०७५ काठमाडौं । लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सहसचिवसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो । संशोधित कार्यतालिकाअनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । यसअघि सरकारको निर्णयका कारण लोकसेवाको कार्यतालिका दुई […]
अर्जुन काफ्ले लेटाङ २७ कार्तिक २०७५ ।उत्तरी मोरङ्गस्थित लेटाङ्गका बासिन्दाहरुले नेपाल सरकार यहाँको पर्यटन प्रर्वद्धनमा उदासीन भएको गुनासो गरेका छन् । सरकारले देशको पर्यटन प्रर्वद्धन एवं विस्तार गर्न घोषणा गरेको नयाँ सय गन्तव्यहरुको सुचीमा लेटाङ्ग १ मा रहेको धिमाल जातिको उदगमस्थल राजारानीलाई नसमेटिएको भन्दै उनीहरुले सरकारसँग गुनासो गरेका हुन् । ऐतिहासिक राजारानीको […]