प्रशान्त निरौला
लेटाङ ११ बैशाख । जलवायु परिवर्तनका असर र त्यसलाई न्युनिकरण गर्न समुदायको भुमिका सम्बन्धी २ दिने गोष्ठि सुरु भएको छ ।
शिवशक्ति सामुदायिक बन उपभोक्ता समुह लेटाङ ८ जाँतेको आयोजना तथा सामुदायिक बन उपभोक्ता महासंघ लेटाङ र डिभिजन वन कार्यलय लेटाङ ९ जाँतेको प्राविधिक सहयोगमा भईरहेको कार्यक्रममा सो सामुदायिक वनका उपभोक्ताहरु तथा छिमेकी सामुदायिक बनका प्रतिनिधिहरुको सहभागिता रहको छ ।
गोष्ठिको उद्घाटन सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं. १ का सचिव अग्नि पौडेलले गर्नुभयो । सामुदायिक वन भित्र आवश्यकताका आधारमा काठ वितरण गर्ने प्रणाली ल्याउन आवश्यक रहेको वताउनुभयो । अहिले सामुदाकि बन भित्र बैज्ञानिक बनको अवधारणा आएको र यसले नेपालका सामुदायिक वनको अवस्थालाई कमजोर वनाउदै लगेको वताउनुभयो । उहाँले दिगो वन व्यवस्थापनका निम्ति वैज्ञानिक वन वनाएर लाने प्रक्रिया नेपालको भुगोलमा सान्दर्भिक नहुने वताउनुभयो ।
सामुदायिक वनकर्मीहरुले उद्यम तर्फ लागेर आत्म निर्भर वन्न तर्फ लाग्न सचेत समेत गराउनुभयो । कृर्षिका क्षेत्रमा ठुलो सम्भावना हुँदा हुँदै नेपालीहरुले व्यवस्थित ढंगवाट काम गर्न नसको वताउनुभयो ।
कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ मोरङकी उपाध्यक्ष सुभद्रा भट्टराईले सामुदायिक वनकर्मीहरु एकजुट भएर अगाडी बढ्न आग्रह गर्नूभयो । भविष्यमा सामुदायिक बनको अस्तित्वनै संकट पर्न सक्ने अवस्था सृजना गर्दै वनभित्र विभिन्न कामहरु भईरहेकाले नीतिगत रुपमा नै यसलाई रोक्न आग्रह गर्नुभयो । तिन तहको सरकार भित्र सामुदायिक वनहरुले स्थानिय सरकार संग दर्विलो तरिकाले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा नगर महासंघ लेटाङका अध्यक्ष आनन्दसागर तिम्सिनाले सामुदायिक वन जोगाउने दायित्व सामुदायिक वनकर्मीहरुकै भएकाले यस प्रति उपभोक्ताहरुनै सचेत हुन आवश्यकर रहेको वताउनुभयो । उहाँले सामुदायिक बनलाई सवै पक्षले सवल वनाएर लान आवश्यक रहेकाले यसप्रति सवै सजग हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम सो सामुदायिक वनका अध्यक्ष धनवहादुर लिम्बुको अध्यक्षतामा भईरहेको छ ।