वारंगीका ४० विपन्न परिवारलाई जस्तापाता वितरण

Letang Khabar आइतबार, बैशाख २२, २०७६

प्रशान्त निरौला
लेटाङ २२ बैशाख २०७६ । माघ १८ गते पहिलो चरणको फुसको छानो हटाउने अभियान अन्तगर्त ७० घर परिवारलाई वितरण गरिएको जस्तापाता दोस्रो चरणमा मंगलवार वडा नं. ७ वारंगीका ४० घर धुरीलाई प्रतिपरिवार ४ बन्डीलका दरले वितरण गरिएको छ ।

“मेरो सुविधा कटाईदेउ लेटाङ नगरपालिका भित्रका फुसका छानो हटाईदेउ’ भन्ने उद्गार सहित नगरप्रमुख शंकर राईले सूरु गर्नुभएको फुसको छानो हटाउने अभियान अन्तर्गत मंगलबार लेटाङ नगरपालिका वडा नं. ७ वारंगीका आर्थिक अवस्था कमजोर भई फुसका छानोमा बसिरहेका थप ४० घरपरिवारलाई जस्तापाता वितरण गरिएको हो । विपन्न वगका मानिसहरु बर्खा याममा हावापानी र हिउदमा घाम वाट जोगिन समेत नसकिरहेको वेलामा नगरपालिकाले फुसको छानो हटाउने अभियान ल्याएर ठुलो राहत दिएको छ । आर्थिक अवस्था कमजोर भई जस्तापाताले छाएको घरमा वस्ने सपना नगरपालिकाका प्रमुख शंकर राई चढ्ने गाडी खरिद गर्नका लागि विनियोजन गरेको ६८ लाख बजेटलाई रकमान्तर गरि जस्तापाता खरिद गर्ने निर्णय गरेपछि पुरा हुने भएको हो । प्रतिपरिवार ४ वन्डल जस्तापाता वितरण गरिएको जस्तापाता ४० हजार रुपैया पर्ने वताईएको छ । मंगलवार मात्र करिव १६ लाख वरावरको जस्तापाता वितरण गरिएको नगरप्रमुख शंकर राईले जानकारी दिनुभयो । लेटाङ नगरपालिकाका ९ वटै वडामा कुल ४२५ जना फुसको छानो भएका घरपरिवार रहेको तथ्याङक नगरपालिकामा आएको छ भने यो संख्या वढ्न सक्ने नगरप्रमुख राईले जानकारी दिनुभयो । ४२५ घर परिवारलाई जस्तापाता वितरण गर्दा करिव १ करोड ४८ लाख खर्च आवश्यक पर्ने र उक्त रकम नगरपालिकाले क्रमागत रुपमा विनियोजन गरेर २ वर्ष भित्रमा फुसको छानो हटाईसक्ने नगरप्रमुख राईले जानकारी दिनुभयो ।

जस्तापाता पाएपछि स्थानियबासी साहेबसिंह लिम्बुले खुसि हुदै लेटाङ नगरपालिकाका मेयर जस्ता नेता नेपालमा सवैजना हुने हो भने नेपाली जनताले चाडैनै सुख पाउने प्रतिक्रिया दिनुभयो । उहाँले गरिब जनाताको साथी बन्नु भएकोमा मेयर राईलाई धन्यबाद समेत दिनुभयो ।

लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला , वडा नं. ७ का वडा अध्यक्ष नगेन्द्र लिम्बु , लेखा अधिकृत शुशिल बास्तोला , योजना अधिकृत भानुभक्त राई, समाजसेवी ईन्द्र मावोहाङ , बालकुमार लिम्बु लगायतको उपस्थितीमा जस्तापाता वितरण गरिएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ