१२ औ गणतन्त्र दिवश लेटाङ नगरपालिकाले मनायो

Letang Khabar मंगलबार, जेठ १४, २०७६

प्रशान्त निरौला
लेटाङ १४ जेष्ठ २०७६ । सरकारले १२ औ गणतन्त्र दिवशलाई ३ दिन सम्म विभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरे अनुरुप लेटाङ नगरपालिकाले पहिलो दिन आज प्रभातफेरी सहितका विभिन्न कार्यक्रम गरेको छ ।
लेटाङ नगरपालिका र यस नगरक्षेत्र भरिका संघ संस्था तथा सामाजिक राजनीतिक संस्थाहरुको उपस्थितिमा लेटाङ वजार क्षेत्रको परिक्रमा सहित विभिन्न सास्कृतिक झाँकीहरु प्रस्तुत गरेको थियो । नगरपरिक्रमा पछिको औपचारिक कार्यक्रममा वक्ताहरुले गणतन्त र यसका भुत वर्तमान र भविष्यका चुनौती र सवल दुर्वल पक्षका विषयमा वोलेका थिए ।
प्रदेश सांसद उपेन्द्र घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक र सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद घिमिरेले ईतिहासका काल खण्डमा प्रजातन्त्र प्राप्तिका लागि योगदान दिने नेताहरुलाई स्मरण गर्नुभयो । नेपालका वीर सहिद सहित विपि कोईराला , पुष्पलाल , गणेशमान , गिरिजाप्रसाद कोईराला , मदन भण्डारी लगायत नेताहरुको योगदानको मुक्तकण्ठले प्रसंसा गर्नुभयो ।
उहाँले नेपालमा हाल गणतन्त्र संस्थागत हुने क्रमको अन्तिम विन्दुमा पूगेको र संघ , प्रदेश तथा स्थानिय तहले वनाउने कानुनहरुले अन्तिम रुप पाउदै गएको वताउनुभयो । देशमा जातजाति ,भाषाभाषी तथा राजनीतिक संस्कारको विकास हुन सक्यो र सबै तह र तप्का मानिसहरु विचमा सौहार्दपूर्ण वातावरण वनाएर छलफल तथा योजना वनाउन आवश्यक रहेको वताउनुभयो । संविधानमा उल्लेख गरे अनुसार जनताले शिक्षा , स्वास्थ्य लगायतका सेवा निशुल्क प्राप्त गर्ने गरि छलफल गरिरहेको उल्लेख गर्नुभयो । उहाँले पालिकाका प्रमुखको हस्ताक्षरमा जग्गाको लालपुर्जा वितरण गर्न लागेको कानुन आउन लागेको जानकारी दिनुभयो ।
कार्यक्रमका वत्ताहरुले गणतन्त्रलाई संस्थागत गर्नका लागि केन्द्रीय सरकार देखि स्थानिय सरकारले संविधानको मर्मलाई बुझेर काम गर्न आवश्यक रहेको वताएका छन् । देशमा गणतन्त्रलाई कमजोर वनाउने खेलहरु सुरु भएकाले यस प्रति सरकार सजग हुनुपर्ने वताए ।
कार्यक्रमको समापन गर्दै नगरप्रमुख राईले गणतन्त्रलाई संस्थागत गर्ने चुनौती बढिरहेकाले सरकारका साथै प्रतिपक्ष दलहरुलाई सचेत हुन आवश्यक रहेको वताउनुभयो । कृषक, मजदुरको स्तर उन्नतीका लागि धेरै कार्ययोजना ल्याउन आवश्यक रहेका वताउनुभयो । सरकारले लेटाङ नगरपालिकालाई हेर्ने दृष्टिकोण परिवर्तन गरि वजेट विनियोज गर्न माग गर्नुभयो । लेटाङमा राजनीतिक रुपमा कुनै पनि द्धन्द नभएको र यसले नेपालमै लेटाङले सन्देश दिएको वताउनुभयो । सरकारले गाँउपालिका भन्दा पनि कम वजेट दिएकाले दुर्गम रोल्पा र रुकुम जस्तो गाँउहरु समेत भएको यो नगरपालिकाले भुगोको आधारमा वजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।

लेटाङ नगरपालिकाले आज भोली र पर्सि विभिन्न कार्यक्रम गर्ने नगरपालिकाका लेखा अधिकृत शुशिल वास्तोलाले जानकारी दिनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ